महिला शान्ति र सुरक्षा सम्बन्धि जिल्ला निर्देशक समितिको बैठक सम्पन्न


     एभरेस्ट आवाज    
     माघ ७ गते २०८० मा प्रकाशित




माघ ७ पोखरा । महिला शान्ति र सुरक्षा सम्बन्धि संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको प्रस्ताव न १३२५ र १८२० को कार्यान्वयन सम्बन्धमा दोश्रो राष्ट्रिय कार्ययोजना जिल्ला निर्देशक समितिको बैठक आइतबार सम्पन्न भएको छ ।

निर्देशक समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले दोश्रो राष्ट्रिय कार्ययोजना जिल्ला निर्देशक समिति गठन गरिएको बताए । उनले सोही अनुसार पालिकामा समेत कार्ययोजनाको काम छिटोभन्दा छिटो अगाडी बढाइने उल्लेख गरे ।

प्रमुख पौडेलले समाजमा कुनै पनि किसिमका हिंसा ,भेदभाव ,र अधिकार उल्लंघनका घटना नदेखिने गरि काम गर्न सरोकारवालाहरूलाइ आग्रह गर्दै हिंसा र भेदभाव रहित कास्की निर्माणमा लागि पर्न आग्रह गरे । उनले समाजमा कुनै पनि खालका उड्पिडन रहेसम्म समृद्धि सम्भव नहुने उल्लेख गरे ।

कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले कास्कीका हरेक स्थानीय तहमा समिति निर्माण गरेर कार्य सम्पादन गर्ने भन्दै सहकार्यको लागि सरोकारवाला संघ संस्थाहरूलाई आग्रह गरे ।

जिल्ला समन्वय समिति कास्कीका उप– प्रमुख सरिता माल, पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी, मानव अधिकारकालागि एकल महिला समूह कास्कीका अध्यक्ष जुना के.सी. महिला मानब अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष केशु भुजेल, एड्भोकेसी फोरमका अध्यक्ष कुन्जनी परियार प्यासी, गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष डाक्टर बुद्धि बहादुर थापा, द्वन्द पिडित महिला राष्ट्रिय संजाल सदस्य कल्पना सुवेदी लगायतले बोलेका थिए ।

बैठकमा दोश्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनका बिषयमा इन्सेक गण्डकीका प्रमुख शिव खकुरेल र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको प्रस्ताव नं १३२५ र १८२० को सन्दर्भिकता सम्बन्धमा इन्सेक पोखराका कार्यक्रम अधिकृत सबनम शर्माले सहजीकरण गरेकी थिइन् ।

निर्देशक समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन समितिका सदस्य सचिब एवम जिल्ला समन्वय अधिकारी नवराज बरालले गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।