पोखरा, माघ ९
कोरियन नागरिक मून गिलले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–२ सेराचौरस्थित दुर्गा भवानी आदर्श आधारभुत विद्यालयमा न्यानो कपडा वितरण गरेका छन् । आउट अफ टाउन एडभेञ्चर प्रालिका सञ्चालक विश्वराज अधिकारीमार्फत कोरियन नागरिक गिलले उपलब्ध गराएका जाडोका लागि न्यानो कपडा ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल ९टान० गण्डकी प्रदेशको समन्वयमा वितरण गरिएको हो । आर्थिक रुपमा विपन्न परिवारका विद्यार्थी अध्ययन विद्यालय छनौट गरेर न्यानो कपडा वितरण गरिएको टान गण्डकीका प्रथम उपाध्यक्ष कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार विद्यालयमा अध्ययनरत १२० विद्यार्थीसहित शिक्षक र कर्मचारी गरेर करीब १३१ जनालाई करीव २ लाख बराबरको ट्रयाकसुट, हुड, टिसर्ट र पाईन्ट वितरण गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगराज अधिकारीको अध्यक्षता तथा प्रधानाध्यापक युवराज अधिकारीले सञ्चालन गरेको कार्यक्रममा टान गण्डकीका अध्यक्ष धर्मराज पन्थी, अन्नपूर्ण गाउँपालिका–२ का वडाध्यक्ष पिताम्बर भण्डारी, शिक्षक राजेन्द्र अधिकारीलगायतले बोलेका थिए ।
आफ्नै जन्मस्थानमा सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गर्दै आऊट अफ टाउनका सञ्चालक अधिकारीले समाजसेवीहरुको योगदानलाई सरकारी स्तरबाट लिपीवद्द गर्नुपर्ने बताए । उनले बढ्दै गएको बाँँझो जमिनको विषयमा वडामा बहस हुनुपर्ने धारणा व्यक्त गरे । साथै सो अवसरमा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेर अतिथिहरुलाई स्वागतसँगै मनोरञ्जन प्रदान गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रोजी श्रेष्ठ अब व्यवसायिक यात्रामा…






