पोखरा । मगर खाम गायक गोपाल पुनमगर (सिङरोन) र गायिका सुमित्रा बुढामगरले निसेल दर्शकलाई छमछमी नचाएका छन् ।

माघेसंक्रान्तिको अवसरमा बागलुङको निसीखोला ६ भल्कोटमा आयोजना गरिएको साँस्कृतिक तथा ऐतिहासिक पुतली मेलाका अवसरमा उनीहरूले निसेल दर्शकलाई नचाएका हुन् ।


पछिल्लो समयमा मगर खाममा “जोस लेउ,होस लेउ ङा धापा ङालेउबेलाक”,“सी यु पराती ”लगायतका बोलको गीत गाएर लाखौँ युवा र बुढापाकाको रोजाईमा पर्न सफल भई चर्चा कमाएका गायक गोपाल पुनमगरले निसीखोलामा पनि निकै दर्शकलाई नचाएका छन् । सोही अवसरमा उनले आफ्नै आवाज र रचनामा रहेका तिम्रै फोटो,सुर्ता,पासपोर्ट लगायतका गीत गाएर निसीखोलाका दर्शकलाई छमछमी नचाएका छन् ।

त्यसैगरि मगर भाषाको संरक्षण र प्रवद्धनमा अग्रणी भुमिका निभाउदै आएकी गायिका सुमित्रा बुढामगरले पनि सी यु पराती,रुकुम बुङ्खानी,लाईदेउ फुल भुम्या नाँचेर लगायतका गीत गाएर दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेकी थिईन् ।

मगर समुदायको बाहुल्यता रहेको भल्कोटमा आयोजना भएको पुतली मेलाले ऐतिहासिक तथा साँस्कृतिक पक्षलाई महत्व दिने भएकोले मगर खाम गायक गायिकाहरूले प्रस्तुत गरेको मगर खाम गीत संगीतले त्यस समुदायलाई न्याय दिने आयोजकले जनाएको छ ।
बागलुङ जिल्लामै मगर भाषा बोल्ने दुई वटा वडा मध्ये वडा नं. ६ पनि पर्छ ।

सोही अवसरमा मगर समुदायका अभियान्ता तथा लेखक बोम घर्तीमगरले पनि मगर खाममा गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय कलाकार विष्णु खत्री, नेपाल लोक स्टार रियालिटी सोका फाईनलिस्ट राजेन्द्र घर्तीमगर,लोक तथा दोहोरी गायिका दिलु पुनमगर,सुष्मिता घर्तीमगर,रितु घर्तीमगर लगायतका कलाकारहरूले प्रस्तुति राखेका थिए ।
तिलाचन युवा क्लवको आयोजनामा माघ ३ गतेबाट सञ्चालन भएको मेला अझै जारी छ ।

अहिले खेलकुदका गतिविधिहरू भईरहेको क्लवका अध्यक्ष वेल बहादुर बुढामगरले जानकारी दिएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







