प्रतिकात्मक तस्विर
पोखरा । आज विहान पोखरामा बोलेरो दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । आज करिब ९ः१५ बजे पोखरा १८ चिसाखोला नजिक मेथलाङबाट बाग्लुङ बसपार्क तर्फ आउँदै गरेको ग ३ च २६०३ न.को दुध बोक्ने सिङ्गल क्याप बोलेरो दुर्घटना हुदा चालक ४९ वर्षका कृष्ण बहादुर थापा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा ६९ वर्षकी हिमकला थापा र ७० वर्षकी चन्द्रकला थापा घाईते भएका छन् । हिमकलाको टाउकोमा र चन्द्रकलाको ढाडमा चोट लागेको छ ।
घाईते दुुवैजनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार बोलेरो ब्रेकफेल भई २० फिट तल खसेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







