माघ १० पोखरा । एभरेस्ट एफ.एम. ९३ मेगाहर्जले सञ्चालन गरेको आहा ! रारा पोखरा गोल्डकप ‘गेस एण्ड विन’मा मंगलबार विजेता घोषित भएका पोखरा–२३ सिधानेका लालबहादुर गुरुङ पुरस्कृत भएका छन् ।
मंगलबार आयोजक सहारा क्लव र थ्रि स्टार क्लवविचको खेलमा थ्रि स्टार क्लवले जित्ने अनुमान गरेका गुरुङलाई आज खेलस्थल पोखरा रंगशालामा पुरस्कृत गरिएको हो । उनलाई सहारा क्लव पोखराका अध्यक्ष केशवराज बरालले सेभेन बी फोन जोन बुद्धविशाल बजारको तर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्स प्रा.लि. को उत्पादन रारा चाउचाउ एक कार्टुनद्वारा पुरस्कृत गरे ।
मंगलबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लव पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै थ्रीस्टारले प्रतियोगितामा सुखद शुरुवात गरेको थियो ।
रेडियोले प्रतियोगिता अवधिभर राखिने प्रश्नको अनुमानित सही उत्तर दिनेहरु मध्यबाट प्रत्येक दिन सांझ ७ ः ३० बजे प्रशारण गरिने आहा रारा पोखरा गोल्डकप विशेष कार्यक्रममा गोलाप्रथाद्वारा विजेता घोषणा गरिने एफएमका प्रवन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले जानकरी दिए ।
आहा ! रारा पोखरा गोल्डकप ‘गेस एण्ड विन’मा सहभागि हुन बिहान ११ बजेदेखि १२ बजेसम्म सञ्चालन हुने कार्यक्रम ‘पोखरा बोल्छ’ र ७ः३० बजेबाट प्रशारण हुने आहा ! रारा पोखरा गोल्डकप विशेष कार्यक्रममा टेलिफोनमार्फत अनुमानित सहि उत्तर दिन सकिने श्रेष्ठले जानकरी दिए ।
यस्तै बुधबारको अनुमानित सही उत्तर दिनेहरु मध्यबाट पोखरा–३ गणेशटोलका राजेश धिमाल विजयी भएकी छन् । विभागिय टोली नेपाली सेनाको त्रिभूवन आर्मीले जित्ने अनुमान गरेका धिमाल गोलाप्रथा मार्फत विजयी भएका हुन् ।
पोखरा रंगशालामा जारी प्रतियोगिताको बुधबार राईजिङ स्टार फुटबल क्लवलाई आर्मीले १ –० ले पराजित गर्दै २३ औं आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ ।
विजयी धिमाललाई बिहीबार पोखरा रंगशालामा पुरस्कार प्रदान गरिने रेडियोका मार्केटिङ निर्देशक भोला कुमार श्रेष्ठले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







