४ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा


     एभरेस्ट आवाज    
     माघ ११ गते २०८० मा प्रकाशित




पोखरा । पोखरामा अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासी गर्ने ४ वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपा गाँउपालिका वडा नं.०७ पिप्लेमा अवैध रुपमा नदिजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा)चोरी निकासी गरिरहेको भन्ने सूचनाको आधारमा ग १ त २७५५, ग १ त ७२६९, ग १ त ६१०३ नं. का ट्रयाक्टरहरु र ग १ ख ६०४९ नं. को टिप्पर नियन्त्रणमा लिएको कास्की प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार नियन्त्रण गरिएका उक्त सवारीसाधनहरु आवश्यक अनुसन्धान एंव कारवाहीको लागी रुपा गाँउपालिकाको कार्यालयमा पठाईएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।