पोखरा लेडी जेसीजको आयोजनामा वक्तृत्वकलामा जनकल्याणकी सञ्जु प्रथम


     एभरेस्ट आवाज    
     माघ ११ गते २०८० मा प्रकाशित




पोखरा । पोेखरा लेडी जेसीजको आयोजना तथा मादी गाउँपालिका कास्कीको सहकार्यमा पालिका स्तरिय वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ ।

मादी गाउँपालिकाभित्रका विद्यालयलाई समेटेर गरिएको वक्तृत्वकला कार्यक्रममा जनकल्याण मा.वि.की सञ्जु गुरुङ प्रथम, धु्रव मा.वि. की सुस्मिता बराल द्वितिय , सीताराम मा.वि. की एलिन वि.क तृतीय र धनुवास मा.वि.की एलिन गुरुङले सान्त्वना स्थान हाँसिल गरेका छन् ।

विजयी विद्यार्थीलाई मादी गाउँपालिका प्रमुख देवीजङ्ग गुरुङ, वडा नं ४ का वडा अध्यक्ष शिव सापकोटा, संस्थाका अध्यक्ष गायत्री फुयाँलले नगद क्रमश ७ हजार, ५ हजार,३ हजार र २ हजार सहित प्रमाण पत्रद्वारा पुरस्कृत गरेका थिए ।

निर्णायक मण्डलमा मादि गाउँपालिका शिक्षा विभागिय प्रमुख खगेन्द्र लामिछाने, पोखरा लेडी जेसीजका पूर्व अध्यक्ष जोर्जीना भट्टराई र शिक्षक हिमाल पौडेल रहेका थिए ।

यसअघि कार्यक्रमको मादि गाउँपालिका प्रमुख श्री देवी जङ्ग गुरुङले उद्घाटन गरेका थिए । कार्यक्रममा पोखरा लेडी जेसीजका पूर्व अध्यक्ष तथा लायन्स क्लबका डिस्ट्रिक गभर्नर सुचित्रा थापा, मादी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष श्री शिव सापकोटा, सीताराम मा.विका प्रधानाध्यापक तारा अधिकारी, संस्थाका सदस्य सकुन पौडेल, कार्यक्रम संयोजक सगुन पौडेल लगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष गायत्री फुयाँलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिलु चालिसे, आस्था पाठ कोषाध्यक्ष संगिता अधिकारी र सञ्चालन सचिव नन्दकुमारी ढुङ्गानाले गरेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।