आहा ! रारा ‘गेस एण्ड विन’ : आर्मीले जित्ने अनुमान गरेका धिमाल पुरस्कृत


     एभरेस्ट आवाज    
     माघ ११ गते २०८० मा प्रकाशित




माघ १० पोखरा । एभरेस्ट एफ.एम. ९३ मेगाहर्जले सञ्चालन गरेको आहा ! रारा पोखरा गोल्डकप ‘गेस एण्ड विन’मा बुधबार विजेता घोषित भएका पोखरा–३ गणेशटोलका राजेश धिमाल पुरस्कृत भएका छन् ।

बुधबार नेपाली सेनाको त्रिभूवन आर्मी क्लव राइईजिङ स्टार फुटबल क्लवविचको खेलमा आर्मीले जित्ने अनुमान गरेका धिमाललाई आज खेलस्थल पोखरा रंगशालामा पुरस्कृत गरिएको हो । उनलाई एनआरएनए आईसीसीका उपाध्यक्ष रोविन प्रसाद शेरचन र सहारा क्लव पोखराका अध्यक्ष केशवराज बरालले सेभेन बी फोन जोन बुद्धविशाल बजारको तर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्स प्रा.लि. को उत्पादन रारा चाउचाउ एक कार्टुनद्वारा पुरस्कृत गरे ।

बुधबार भएको खेलमा राईजिङ स्टारलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मीले प्रतियोगिताको क्वाटरफाइनलको यात्रा तय गरेको थियो ।

रेडियोले प्रतियोगिता अवधिभर राखिने प्रश्नको अनुमानित सही उत्तर दिनेहरु मध्यबाट प्रत्येक दिन सांझ ७ ः ३० बजे प्रशारण गरिने आहा रारा पोखरा गोल्डकप विशेष कार्यक्रममा गोलाप्रथाद्वारा विजेता घोषणा गरिने एफएमका प्रवन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले जानकरी दिए ।

आहा ! रारा पोखरा गोल्डकप ‘गेस एण्ड विन’मा सहभागि हुन बिहान ११ बजेदेखि १२ बजेसम्म सञ्चालन हुने कार्यक्रम ‘पोखरा बोल्छ’ र ७ः३० बजेबाट प्रशारण हुने आहा ! रारा पोखरा गोल्डकप विशेष कार्यक्रममा टेलिफोनमार्फत अनुमानित सहि उत्तर दिन सकिने श्रेष्ठले जानकरी दिए ।

यस्तै हिजो बुधबार सोधिएको अनुमानित सही उत्तर दिनेहरु मध्यबाट पोखरा–५ प्रस्र्याङका नविन लामा विजयी भएकी छन् । जावलाखेल फुटबल क्लवले जित्ने अनुमान गरेका लामा गोलाप्रथा मार्फत विजयी भएका हुन् ।

पोखरा रंगशालामा जारी प्रतियोगिताको बिहीबारबार मच्छिन्द्र फुटबल क्लवलाई जावलाखेल यूथ क्लजले १ –० ले पराजित गर्दै २३ औं आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ ।

विजयी लामालाई शुक्रबार पोखरा रंगशालामा पुरस्कार प्रदान गरिने रेडियोका मार्केटिङ निर्देशक भोला कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत प्रि–क्वार्टरफाइनलको अन्तिम खेलमा भोलि दुई विभागीय टिम एपीएफ र नेपाल पुलिस क्लव आम्नेसाम्ने हुनेछन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।