पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्यक्रम एवम् पहिलो बैठक सम्पन्न भएको छ ।
निर्वाचन समितिका संयोजक तथा राष्ट्रिय समिति सदस्य तिर्थ बहादुर बस्नेतको अध्यक्षता तथा राष्ट्रिय समिति सदस्य शारदा शर्माको सञ्चालनमा भएको पदस्थापन कार्यक्रममा नव निर्वाचित समितिलाई गण्डकी प्रदेश इन्चार्ज याम बहादुर कुँवर, राष्ट्रिय समिति सचिव राम प्रसाद पोखरेल तथा पेशागत महासंघ नेपाल राष्ट्रिय समिति सचिव तथा गण्डकी प्रदेश इन्चार्ज राम प्रसाद खनालले प्रमाणपत्र वितरण गरेका थिए ।
पदस्थापनापछि नवनिर्वाचित अध्यक्ष रोमहर्षण पौडेलले पदबहाली गर्दै गण्डकी प्रदेशका शिक्षकहरूलाई प्रबिधिमैत्री तालिम तथा पेशागत विकास सम्बन्धि तालिम सञ्चालन गर्न एवम् सबै शिक्षकहरुलाई एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे ।
पहिलो बैठकले गण्डकी प्रदेशको पहिलो अधिवेशन सम्पन्न गर्न प्रमुख अतिथि, विशेष अतिथि, अतिथि, अध्यक्ष मण्डल, निर्वाचन मण्डल, प्रतिनिधि, निवर्तमान समिति, पत्रकार, सुरक्षाकर्मी लगायत सम्पूर्णलाई धन्यवाद प्रस्ताव पारित गर्नुका साथै गण्डकी प्रदेश समितिको वेभसाइट सञ्चालन गर्ने, शिक्षकहरुको सफ्ट स्किल तथा सुचना प्रविधि सम्बन्धि तालिम सञ्चालन गर्न गण्डकी विश्वविद्यालयको डिपार्टमेन्ट अफ कन्टिनिविङ एजुकेसनसँग सहकार्य गर्ने तथा बैठक सञ्चालन कार्यविधि निर्माण गर्ने निर्णय भएको महासचिव ध्रुबराज सिग्देलले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







