डिफेण्डिङ च्याम्पियन सङ्कटालाई हराउँदै आर्मी सेमिफाइनलमा


     एभरेस्ट आवाज    
     माघ १४ गते २०८० मा प्रकाशित




माघ १४ पोखरा । पोखरामा जारी २३ औं आहा रारा पोखरा गोल्डकपमामा डिफेण्डिङ च्याम्पियन संकटालाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेको छ ।

पोखरा रङ्गशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा आर्मीले सङ्कटा क्लबलाई ३–० ले हरायो । आर्मीका दिनेश हेन्जनले २ र जिलेस्पी जङ्ग कार्कीले १ गोल गरे ।

अब आर्मीले सेमिफाइनलमा माघ १८ गते चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरीको एपीएफ क्लबबीचको विजेतासँग खेल्नेछ । सेमिफाइनल प्रवेशका लागि माघ १६ गते चर्च ब्वाइज र एपीएफ खेल्नेछन् ।

यही २० गतेसम्म चल्ने प्रतियोगितामा १२ वटा टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।