जाउलाखेल आहा रारा गोल्डकपको सेमिफाइनलमा


     एभरेस्ट आवाज    
     माघ १५ गते २०८० मा प्रकाशित




माघ १५ पोखरा । मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै जाउलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा जाउलाखेलले मनाङलाई पेनाल्टी सुटआउटमा हराएको हो ।

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा पनि गोल नभएपछि भएको पेनाल्टी सुटआउटमा जाउलाखेल विजयी भएको हो ।

थ्रि स्टार र सङ्कटा क्लब यसअघि नै अन्तिम चारमा पुगिसकेका छन् । भोलि हुने चर्च ब्वाइज र एपीएफबीचको खेलपछि सेमिफाइनल पुग्ने अन्तिम टोलीको पनि टुङ्गो लाग्नेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।