तनहुँमा १९ गतेबाट तेस्रो जिल्ला स्तरिय आईटिएफ तेक्वान्दो प्रतियोगिता हुने


     एभरेस्ट आवाज    
     माघ १६ गते २०८० मा प्रकाशित




पोखरा । यहि १९ गतेबाट तेस्रो जिल्ला स्तरिय आईटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । तनहुँ आईटिएफ तेक्वान्दो संघ आयोजनामा तथा शुक्लागण्डकी आईटिएफ तेक्वान्दो डोजाङको सह-आयोजनामा हुन लागेको सोही प्रतियोगिता शुक्लागण्डकी ५ घारिमा हुने खेल संयोजक आशिष थापाले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा महिला र पुरुष एकल स्पाइरिङ्ग (फाइट)मा २० केजी देखि ६५ केजी सम्म प्रतिस्पर्धा हुने छ भने महिला र पुरुष एकल प्याटूनको पहेलो बेल्ट देखि रातो बेल्ट सम्म प्रतिस्पर्धा हुने छ ।

प्रतिभावान खेलाडीहरुको पहिचान तथा हौसला प्रदान गर्ने,खेलाडीहरुको स्तरियतामा थप अभिवृद्धि गर्न,यस खेलप्रति विद्यार्थी, युवा युवती तथा बालबालिकाहरुलाई थप आकर्षण गराउने, ४० यस क्षेत्रमा यस खेलको पहिचान तथा महत्व बुझाउने, खेललाई थप विकास र विस्तार गर्न,निजी उद्यमीहरुलाई खेलमा सहयोग तथा लगामिको लागि उत्साहित गर्न, यस प्रतियोगिता मार्फत यस क्षेत्रको पर्यटकीय विकास र प्रवद्वनमा सेवा पुयाउने लगाएतका उद्धेश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा जिल्लाभरबाट करिव २ सय खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

कार्यक्रमलाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि आशिष थापाको संयोजकमा मुल आयोजना समिति तथा विभिन्न उप-समितिहरु गठन गरिएको छ ।

खेल संयोजकमा आशिष थापा, आर्थिक संयोजकमा उत्तम थापा,रेफि तथा अफिसियल संयोजकमा गोपाल चन्द, खेलाडी व्यवस्थापन तथा स्वयम सेवक संयोजकमा अनिश थापा, अतिथि व्यवस्थापन तथा मञ्च व्यवस्थापन संयोजकमा बन्दना तामाङ्ग, होटल व्यावस्थापन तथा यातायात संयोजकमा सौगात गुरुङ्ग रहेका छन ।

त्यसैगरि सल्लाहकार समितिमा नेपाल अन्तराष्ट्रिय तेक्वाण्डो महासंघका महासचिव तथा गण्डकी प्रदेश तेक्वाण्डो संघका अध्यक्ष घम बहादुर थापा र तनहुँ आईटिएफ तेक्वान्दो संघ अध्यक्ष तथा गण्डकी प्रदेश तेक्वाण्डो संघका उपाध्यक्ष आकाश चन्द घर्तिमगरलाई चयन गरिएको छ ।

२० गते समापन हुने सोही कार्यक्रमको खर्च ४ लाख ५० हजार अनुमानित गरिएको छ । अहिले कार्यक्रमको तयारी तिव्र पारिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।