माघ १७ पोखरा । थ्रीस्टार क्लव पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ । पोखरा रंगशालामा बुधबार भएको प्रतिष्पर्धात्मक खेलमा जाउलाखेल युथ क्लवलाई १–० गोल अन्तरले हराउँदै थ्रीस्टार आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा पुगेको हो ।
थ्रीस्टारका लागि वैकल्पिक खेलाडी दीपेश घलेले निर्णायक गोल गरे । ६६ औं मिनेटमा आदित्य शाक्यको ठाउँमा मैदान प्रवेश गरेका दीपेशले खेलको ७८ औं मिनेटमा गोल गर्दै थ्रीस्टारलाई बिजयी बनाए । उनले दीपेश आलेले दिएको पासलाई खेर नफाली जाली चुमाएका थिए ।
जितसँगै थ्रीस्टार आठौं पटक आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा पुगेको छ । यसअघि सात पटक फाइनलमा पुगेको थ्रीस्टारले पाँच पटक उपाधि जितिसकेको छ । चौथो पटक सहभागिता जनाएको जाउलाखेल भने सेमीफाइनलबाटै घर फर्किएको छ ।
शुरुवातदेखि आक्रामक रणनीति अप्नाएको थ्रीस्टारले गोलका लागि भने निकै संघर्ष ग¥यो । जाउलाखेलबिरुद्ध एकपछि अर्को आक्रमण बुनेको थ्रीस्टारले ८, १०, ३१, ३४ र ५२ औं मिनेटमा गोल गर्ने अवसर खेर फाल्यो ।
खेलको आठौं मिनेटमै थ्रीस्टारले गोल गर्ने पाएपनि सदूपयोग गर्न सकेन । डि–बक्स भित्र थ्रीस्टारका आशिष चापागाईंले गोल गर्ने अवसर पाएका थिए तर प्रहार गर्न ढिलाई गर्दा विपक्षी डिफेन्डरले क्लियर गरिदिए । लगत्तै १० औं मिनेटमा दीपेश आले मगरले हानेको प्रहारपनि पोष्ट भन्दा माथिबाट बाहिरियो । ३१ औं मिनेटमा पेनाल्टी एरियामा नै आशिषले पाएको अवसर खेर फाले । उनले हानेको प्रहार फ्रेममा परेन । ३४ औं मिनेटमा दीपेश आले मगरको क्रसमा आशिष चापागाईंले बल नियन्त्रणमा लिएर गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो ।
दोश्रो हाफको शुरुवातमा थप आक्रामक बनेको थ्रीस्टारले ५२ औं मिनेटमा पेनाल्टी एरिया नजिकै पाएको फ्रिकिकलाई सदूपयोग गर्न सकेन । आशिष चापागाईंले गरेको फ्रिकिक प्रहारले गोलपोष्टको दिशा लिन सकेन ।
एक गोलको अग्रता बनाएपछि भने थ्रीस्टार रक्षात्मक बन्यो । जाउलाखेललाई गोल गर्नबाट रोक्ने रणनीति अप्नाएको थ्रीस्टार त्यसमा सफलहुँदै बिजयी भयो ।
पहिलो हाफ पर्ख र हेरको रणनीति अप्नाएको जाउलाखेललेपनि गोल गर्ने अवसर पाएको थियो तर सदूपयोग गर्न नसक्दा पराजय बेहोर्नुप¥यो । खेलको २३, २९, ३८, ५६ र ७८ औं मिनेटमा जाउलाखेलले गोलको अवसर सिर्जना गरेको थियो । खेलको तेईसौं मिनेटमा सुनिल खड्काले गरेको कडा प्रहार गोल पोष्टभन्दा माथिबाट बाहिरियो । २५ औं मिनेटमा हिसुब थपलियाले गरेको कर्नर प्रहार विपक्षी गोलरक्षकले मुश्किलले पञ्च गरेर बचाए । ३८ औं मिनेटमा हिसुबको क्रसमा सुनिल खड्काको प्रहार फितलोहुँदा बलले जाली चुम्न पाएन । फ्रेममा परेपनि फितलो हुँदा थ्रीस्टारका गोल रक्षक अभिषेक बरालले सजिलै नियन्त्रणमा लिए ।
५६ औं मिनेटमा विशाल तामाङले पेनाल्टी एरियामा दिएको क्रसमा हिसुबले नियन्त्रणमा लिन नसक्दा अवसर गुम्यो । ७८ औं मिनेटमा हिसुबले गरेको प्रहार विपक्षी गोलकिपरसँग ठोक्किदै रिबाउण्ड भएर आएको बललाई प्रदीप बुढाथोकीले पुनः प्रहार गरेपनि फ्रेममा परेन ।
एक गोलले पछि परेपछि रणनीति बदलेर आक्रामक बनेको जाउलाखेलले एकपछि अर्को आक्रमण बुन्यो । उसले ८५ औं र ९० औं मिनेटमा गोलको अवसर पाएको थियो तर सदूपयोग गर्न सकेन । दुबै प्रहारमा विपक्षी गोलरक्षक अभिषेक बराल बाधक बने ।
बुधबारको बिजेता थ्रीस्टारले अब चर्चब्वाईज युनाइटेड क्लव र नेपाली सेनाको त्रिभूवन आर्मी बिचको बिजेतासँग शनिबार खेल्नेछ । चर्चब्वाईज र त्रिभूवन आर्मीबीच विहीबार दिउँसो प्रतिष्पर्धा हुनेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







