माघ १७ पोखरा । माघ पोखराको सहारा क्लवले स्थापना गरेको फुटवल एकेडेमीको सहयोगार्थ सहारा अक्षयकोषमा रकम संकलन हुने क्रम जारी रहेको छ ।
पोखरामा जारी २३ औं आहा रारा पोखरा गोल्ड कपको अवसरमा नेपालका पूर्व राष्ट्रिय फुटवल खेलाडी, भारतीय एक्स आर्मी इन्टर सर्भिसमा समेत आबद्ध पोखरा १५ लक्ष्मीटोल निवासी हाल वेलायतमा रहेका रुपक गुरुङ र समाजसेवी नन्दा गुरुङले अक्षयकोषमा १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गरेका हुन् ।
बुधबार भएको २३ औं आहा रारा पोखरा गोल्ड कपको पहिलो सेमिफाइनल खेलको क्रममा पूर्व खेलाडी रुपक तथा नन्दा गुरुङले उक्त रकम बराबरको चेक क्लवका अध्यक्ष केशवराज बराललाई हस्तान्तरण गरेको महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए ।
क्लवले सञ्चालन गरेको सहारा एकेडेमीका बालकहरुको भरणपोषणमा थप टेवा पुग्ने विश्वासका साथ उक्त सहयोग गरेको पूर्व खेलाडी रुपकले बताए । दाताले दिएको उक्त रकम उचित ढंगले एकेडेमीका बालकहरुको शिक्षा, दिक्षा तथा फुटवल खेलको लागि खर्च गरिने भएको सहारा क्लवका अध्यक्ष केशवराज बरालले बताए ।
पोखरा १७ दोभिल्लामा रहेको सहारा एकेडेमीमा हाल ८ जिल्लाका १४ जना बालहरुक रहनु भएको छ । नयाँ शैक्षिक शत्रमा तीस जना बालकहरुको सिट क्षमता अनुसार बाँकीलाई छनौट गरिने भएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







