आहा ! रारा ‘गेस एण्ड विन’का विजेता पाण्डे पुरस्कृत


     एभरेस्ट आवाज    
     माघ १८ गते २०८० मा प्रकाशित




माघ १८ पोखरा । एभरेस्ट एफ.एम. ९३ मेगाहर्जले सञ्चालन गरेको आहा रारा पोखरा गोल्डकप ‘गेस एण्ड विन’मा मंगलबार विजेता घोषित भएका पोखरा–१५ रामबजारका भरत भुषण पाण्डेय पुरस्कृत भएका छन् ।

माघ १६ गतेको अन्तिम क्वाटरफाइनल खेलमा चर्च व्वाई यूनाइटडले जित्ने अनुमान गरेका पाण्डेलाई बुधबार पोखरा रंगशालामा पुरस्कृत गरिएको हो । उनलाई पूर्व राज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता महादेव गुरुङले सेभेन बी फोन जोन बुद्धविशाल बजारको तर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्स प्रा.लि.को उत्पादन रारा चाउचाउ एक कार्टुनद्वारा पुरस्कृत गरेका हुन् ।

यसअघि ‘गेस एण्ड विन’बाट माघ १५ गते पोखरा–१५ का लक्ष्मण थापा, माघ–१४ गते पोखरा–११ फुलबारीका कृष्ण गुरुङ, माघ १३ गते, फेदीखोला स्याङ्जाका विशाल केसी, माघ १२ गते पोखरा–२२ पुम्दिकोटका यूनिक बराल, माघ ११ गते पोखरा–५ प्रस्र्याङका नविन लामा, माघ १० गते, पोखरा– ४ गणेशटोलका राजेश धिमाल, माघ ९ गते पोखरा–२३ सिधानेका लालबहादुर गुरुङ पुरस्कृत भइसकेका छन् ।

रेडियोले प्रतियोगिता अवधिभर राखिने प्रश्नको अनुमानित सही उत्तर दिनेहरु मध्यबाट प्रत्येक दिन सांझ ७ ः ३० बजे प्रशारण गरिने आहा रारा पोखरा गोल्डकप विशेष कार्यक्रममा गोलाप्रथाद्वारा विजेता घोषणा गरिने एफएमका प्रवन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले जानकरी दिए ।

आहा ! रारा पोखरा गोल्डकप ‘गेस एण्ड विन’मा सहभागि हुन बिहान ११ बजेदेखि १२ बजेसम्म सञ्चालन हुने कार्यक्रम ‘पोखरा बोल्छ’ र ७ः३० बजेबाट प्रशारण हुने आहा १ रारा पोखरा गोल्डकप विशेष कार्यक्रममा टेलिफोनमार्फत अनुमानित सहि उत्तर दिन सकिने श्रेष्ठले जानकरी दिए ।

यस्तै मंगलबार साँझ सोधिएको अनुमानित सही उत्तर दिनेहरु मध्यबाट पोखरा–१७ का असिम गौतम विजयी भएका छन । बुधबार थ्रि स्टारले जित्ने अनुमान गरेका गौतम गोलाप्रथा मार्फत विजयी भएका हुन ।

विजयी गौतमलाई बिहीबार पोखरा रंगशालामा पुरस्कार प्रदान गरिने रेडियोका मार्केटिङ निर्देशक भोला कुमार श्रेष्ठले जानकारी दिए ।

पोखरा रंगशालामा बुधबार भएको प्रतिष्पर्धात्मक खेलमा जाउलाखेल युथ क्लवलाई १–० गोल अन्तरले हराउँदै थ्रीस्टार आहा १ रारा पोखरा गोल्डकपको फाइनलमा पुगेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।