पोखरा । पोखरामा लागू औषध मुद्दामा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं।१६ बाटुलेचौर बस्ने २४ वर्षका अजय जिसीलाई यहि १७ गते पक्राउ गरि आज सार्वजनिक गरिएको हो ।
गत जेठ १९ गते कास्की जिल्ला अदालतले लागू औषध डाईजेपाम सम्वन्धी मुद्दामा २ वर्ष कैद सजाय र एक लाख ४ हजार जरिवाना तोकेको थियो ।
२ महिना १६ दिन कैद असूल गरेका उनी जेलबाटै फरार भएको थिए । अव उनले बाँकी १ वर्ष ९ महिना १४ दिन कैद सजाय र एक लाख चार हजार रुपैँया भुक्तान गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







