आहा ! रारा पोखरा गोल्डकपमा चर्च ब्वाइजलाई हराउँदै आर्मी उपाधि नजिक


     एभरेस्ट आवाज    
     माघ १८ गते २०८० मा प्रकाशित




माघ १८ पोखरा । नेपाली सेनाको त्रिभूवन आर्मी क्लव पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ । सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा भइरहेको प्रतियोगिता अन्तर्गत शुक्रबार भएको दोश्रो सेमीफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मी फाईनलमा पुगेको हो ।

आर्मीले अब उपाधिका लागि थ्रीस्टार क्लवसँग शनिबार प्रतिष्पर्धा गर्नेछ । बुधबार भएको खेलमा जाउलाखेल युथ क्लवलाई १–० गोल अन्तरले हराउँदै थ्रीस्टार यसअघि नै फाइनलमा पुगिसकेको छ ।

विहीबारको खेलमा त्रिभूवन आर्मीलाई जिताउन दीनेश हेम्जन र वसन्त जिम्बाले गोल गरे । चर्च ब्वाईजका लागि समीर तामाङले सान्त्वना गोल गरे ।

प्रतिष्पर्धात्मक खेलको ६१ औं मिनेटमा दीनेश हेम्जनले गोलको खडेरी तोड्दै आर्मीलाई अग्रता दिलाए । शुरुदेखि नै आक्रामक खेलेर चर्च ब्वाईजलाई दवाबमा राखेको आर्मीका लागि हेम्जनले फि–किकमार्फत गोल गरेका हुन् । आर्मीका सन्तोष खत्रीलाई विपक्षी खेलाडीले लडाएपछि आर्मीले फि–किक पाएको थियो । मैदानको बायाँ साईडबाट हेम्जनले फष्र्टबार च्यापेर हानेको ग्राउण्ड सट फ्रि–किक विपक्षी गोलकिपर सन्तोष महतले मेसो नपाउँदा बलले सिधै जाली चुमेको थियो ।

शुरुदेखि रक्षात्मक रणनीति अप्नाएर काउण्टर अट्याकमार्फत गोल गर्ने रणनीतिमा रहेको चर्च ब्वाईज एक गोलले पछि परेपछि भने खेल रणनीति परिवर्तन गरेर आक्रामक बन्यो । जसको प्रतिफल खेलको ८५ औं मिनेटमा चर्च ब्वाईज बराबरी गोल गर्न सफल भयो । मैदानको मध्य भागबाट साथीले मिलाई दिएको लामो पासलाई नियन्त्रणमा लिदै समीर तामाङले गोलकिपरलाई छक्याएर गोलमा परिणत गरे ।

बराबरीपछि आर्मी पुनः आक्रामक बन्दा चर्च ब्वाईज रक्षात्मक बन्न बाध्य भयो । फलस्वरुप निर्धारित ९० मिनेट बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो । तर खेलको ९९ औं मिनेटमा आर्मीका रसबहादुर मगरले गोल थप्दै आर्मीलाई फाइनलमा पु¥याए । वसन्त जिम्बाको क्रसमा रसबहादुरले फष्र्टबार च्यापेर हानेको प्रहार सिधै गोलमा परिणत भयो ।

फेरी एक गोलले पछि परेपछि चर्च ब्वाईज आक्रामक बन्यो । निरन्तर आक्रमण बुनेपनि गोल गर्न असफल भएपछि चर्च ब्वाईज सेमीफाइनलबाटै प्रतियोगिताबाट बाहिरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।