नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले ज्ञापन पत्र बुझाउने क्रममा मन्त्रीको अगाडि यातायात व्यवसायी र मजदुर नेताहरुले गरेको प्रस्तुतीप्रति आत्मग्लानी व्यक्त गरेको छ । महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले मंगलबार विज्ञप्ती जारी गर्दै सोमबार मन्त्रीको कार्यकक्षमा व्यवसायी र मजदुर नेताहरुले गरेको प्रस्तुत अमर्यादित र अशोभनीय भएको स्वीकारेका छन् । विज्ञप्तीमा भनिएको छ,‘यातायात व्यवसायी र मजदुर नेताहरुको प्रस्तुतीले मलाई निकै स्तब्ध तथा आत्मग्लानी भएको छ । अतः यस्ता खालका अमर्यादित तथा अशोभनीय हर्कतप्रति महासंघ गण्डकीको गम्भीर ध्यानाकर्षण भएको छ ।’
महासंघ गण्डकीले अब आईन्दा कुनैपनि प्रकारको छलफल तथा सम्वाद गर्दा संयमित र अनुशासित भई आफ्ना भनाई राख्न व्यवसायी तथा मजदुर नेताहरुलाई अनुरोधपनि गरेको छ । साथै आगामी दिनमा यातायात क्षेत्रका जुनसुकै समस्या समाधानका लागि वार्ता र सम्वादबाटै अगाडि बढ्ने दृढतापनि महासंघको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै आएको चरम दोहन र…






