सार्दिखोलाबाट च्याङ्गलुङ्ग जाने बाटो शिलान्यास


     एभरेस्ट आवाज    
     माघ २४ गते २०८० मा प्रकाशित




पोखरा, माघ २४ । माछापुच्छ्रे गाउँ पालिका वडा नं २ सार्दिखोला पुलबाट च्याङ्गलुङ्ग जाने बाटो निर्माणकालागि मंगलबार शिलान्यास गरिएको छ । गण्डकी प्रदेश सभाका सदस्य गणेशमान गुरुङ र राजकुमारी भुजेल तथा गाँउ पालिका उपप्रमुख सिता अधिकारीले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
संघ सरकारको तर्फबाट प्राप्त ५४ लाख ३ हजार १ सय ९ रुपैयाको लागतमा निर्माण गर्न लागिएको बाटो जे डि एस कन्सट्रक्सन कम्पनिले ठेक्का प्राप्त गरेको हो । बाटो जेठ मसान्त सम्ममा निर्माण सम्पन्न गरि सक्ने सम्झौतामा उल्लेख छ ।

शिलान्यास कार्यक्रम ओमकुमार गुरुङको अध्यक्षता र संचालन हुकुमसिंह गुरुङले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।