माघ २५ पोखरा । पोखरामा विभिन्न कलाकार तथा चित्रकारहरुको एक भेलाले ललितकला मञ्च कास्की जिल्ला कमिटि गठन गरेको छ । वरिष्ठ चित्रकार पत्रकार तिलक पुन को संयोजनमा भएको भेलाले धन बहादुर सुब्बाको अध्यक्षतामा नौ सदस्यिय मञ्च गठन गरेको हो ।
मञ्चको उपाध्यक्षमा वेदनाथ लामिछाने सचिवमा रिता तुम्बाहाम्फे सहसचिव उदय राई तथा कोषाध्यक्षमा अर्जुन परियार चयन भएका छन् । यस्तै सदस्यहरुमा समर बहादुर श्रेष्ठ, प्रेम थापा, राधा लिम्बु र बिनोद थापा चयन हुँदा सल्लाहकारमा तिलक पुन, सन्त बहादुर घिषिङ र मिम बहादुर रानालाई मनोनित गरिएको मञ्चले जनाएको छ ।
भेलामा अग्रज चित्रकार पत्रकार तिलक पुन, प्रकृति मानव केन्द्रित जन अभियान नेपालका निवर्तमान केन्दिय अध्यक्ष सन्त बहादर घिषिङ्ग, अग्रज कलाकार लक्ष्मण गुरुङ्ग , जरा कलाकार मिमबहादुर राना समाजसेवी बिष्णु परियार लगायतले ललितकला मञ्च गठन , यसको महत्व, भूमिका एवं मञ्चले गर्नु पर्ने काम कर्तव्य र अधिकारकाबारेमा आ–आफ्नो धारणा राखेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







