कास्की जिल्ला अदालत बार एसोसियसन पोखराको अध्यक्षमा भगवती पहारी


     एभरेस्ट आवाज    
     माघ २७ गते २०८० मा प्रकाशित




पोखरा, माघ २७

कास्की जिल्ला अदालत बार एसोसियसन पोखराको अध्यक्षमा अधिवक्ता भगवती पहारी चयन भएकी छन् । शार एशोसियसनको शनिबार भएको भेलाले पहारीको अध्यक्षतामा नया कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा अधिवक्ता गीता आचार्य, सचिवमा अधिवक्ता कृष्णकुमार श्रेष्ठ, सह–सचिवमा अधिवक्ता प्रिती पाण्डे र कोषाध्यक्षमा अधिवक्ता बिनाका शर्मा चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा अधिवक्ता शंकर सैंजु, अधिवक्ता ईश्वर परियार, अधिवक्ता अनुप पौडेल, अधिवक्ता गणेशबहादुर आले, अधिवक्ता प्रदीपकुमार राना, अधिवक्ता पुरूषोत्तमराज घिमिरे, अधिवक्ता हेमराज अधिकारी र अधिवक्ता शान्तीकुमारी ढुङ्गाना च्यन भएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।