पोखरा । नेपाल जेसीजको आयोजनामा पोखरामा दुई दिने संसदीय सभा प्रणली तालिम सम्पन्न भएको छ । पोखरा जेसीजको आतिथ्यतामा गत शुक्रबार र शनिबार गरि दुई दिनसम्म चलेको तालिममा सदस्यहरूलाई औपचारीक बैठक सञ्चालनको बिधि तथा प्रकृया सिकाउने उद्देश्यले तालिमको सञ्चालन गरिएको हो ।
तालिममा गण्डकी प्रदेशका विभिन्न जिल्लाका जेसीजका १३ शाखाका करिव ७० जनाको सहभागिता रहेको कार्यक्रम संयोजक सरोज पौडेलले जानकारी दिए ।
२ दिन सम्म चलेको बहु–शाखा संसदीय सभा प्रणाली तालिममा नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष सिनेटर शिव प्रसाद भुसाल, नेपाल जेसीजका पूर्व अध्यक्ष सिनेटर विकल प्रसाद शेरचन, नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष सिनेटर अनुप सुनुवार, योगगुरू लक्ष्मण पौडेल लगायतले सहजीकरण गरेका थिए ।
तलिममा पोखरा जेसीज, पोखरा लेडी जेसीज, लेखनाथ जेसीज, बाग्लुङ जेसीज, म्याग्दी जेसीज, वालिङ जेसीज, भिरकोट जेसीज, गल्याङ जेसीज, लमजुङ जेसीज, गोर्खा जेसीज, भानुबन्दिपुर जेसीज, व्यासनगर जेसीस, शुक्लागण्डकी जेसीज गरी १३ शाखाहरूबाट ७० जना प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको समापन सहभागी प्रतिनिधिहरूलाई प्रमाणपत्र प्रदान गर्दै पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले गरे । प्रतिनिधि सभा सदस्य समेत रहेका गिरीले आजका सक्षम युवाहरूले समाजीक बिषयबस्तुमापनि चासो दिएर समाज रूपान्तरणको आन्दोलनमा नेतृवदायी भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल जेसीजका तालिम आयुक्त सुयोग खरेल, कार्यकारिणी उपाध्यक्ष सिनेटर अनुप सुनुवार लगायतले आफ्नो भनाई राखेका थिए ।
पोखरा जेसीजका अध्यक्ष जेसी देवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव तिलक प्रसाद लामिछानेले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







