पोखरा । भद्रकाली माध्यमिक विद्यालयले ७२ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा मंगलबार प्रभातफेरी गरेको छ ।
पोखरा १३ स्थित विद्यालय परिसरबाट काँहुखोला, कञ्चनटोल, दुई कुलाको मुहान, बेसलाइन स्कुल, गौंडाकोमुख, चिसापानी हुँदै लगायतका क्षेत्रको परिक्रमा गर्दै विद्यालयमा पुगेर प्रभातफेरी सम्पन्न भएको थियो । २००८ मा स्थापित विद्यालयले बुधबार वसन्त पञ्चमीका दिन वार्षिकोत्सव मनाउन लागेको छ ।
वार्षिकोत्सवको तयारी पूरा भएको प्रध्यानाध्यापक यदुराज पंगेनीले जानकारी दिए । वार्षिकोत्सवको अवसर पारेर विद्यालयको नेपाल भारत मैत्री भवन उद्घाटन गरिने भएको छ । पूर्व प्राथमिकदेखि कक्षा १२ सम्म गरी २ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
सरकारी दरबन्दी र निजीका ८३ शिक्षक र कर्मचारी विद्यालयमा कार्यरत छन् । कास्की मात्र होइन गण्डकी प्रदेशभर नै उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयलाई अझै उचाइमा पु¥याउन आफूहरु लागीपरेको प्रअ पंगेनीले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







