फाइल तस्विर
पोखरा, फागुन ३
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अबदेखि दूध उत्पादनलाई हेरेर अनुदान वितरण गरिने बताएका छन् । पोखरामा विहीबारदेखि शुरु भएको १८ औं संस्करणको लिट्रेचर फेष्टिभललाई सम्बोधन गर्दै उनले हिजोजस्तो नक्कली किसानलाई नभई उत्पादनका आधारमा अनुदान वितरण गरिने बताएका हुन् ।
मैले न हिजो नक्कली बोट, नक्कली खोरका लागि वा नक्कली नक्कली भैंसीका लागि पैसा बाँडेको थिएँ,उनले भने,‘नक्कली खोर र बोटका लागि होईन अब दूधका लागि अनुदान वितरण गरिन्छ ।’ उत्पादनमा आधारित भएर अनुदान वितरण गर्नका लागि नै यसअघि खोर, भैंसी र बोटका आधारमा दिईने अनुदान रोकिएको र अब उत्पादन हेरेर अनुदान वितरण गरिने उनको भनाई छ ।
मुख्यमन्त्री पाण्डेअघि बोलेका गण्डकी प्रज्ञाप्रतिष्ठानका उपकुलपती सूर्यबहादुर खड्का बिखर्चीले सरकारले साहित्य र कलालाई बजेट नदिने तर नक्कली किसान र खल्तीमा बोकेर हिंडेका गोठ र बोटका कागजका आधारमा अनुदान दिनेगरेको भन्दै आलोचना गरेका थिए ।
त्यसको जवाफ दिदै मुख्यमन्त्री पाण्डेले नक्कली किसानलाई अनुदान नदिइएको जिकीर गर्दै भने,‘बरु तपाईंहरु साहित्य र कलाका लागि बजेट लैजानूस्, तपाईंहरुपनि दिनूस् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १६ नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध छ । नेपाली…







