फागुन ३ काठमाण्डौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको विधान परिमार्जनसहित पारित भएको छ । प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझावका आधारमा तयार गरिएको परिमार्जित विधान पारित गरिएको हो ।
अधिवेशनमा अध्यक्ष प्रचण्डले विधानलाई समृद्ध बनाउन महत्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तवरले अगाडि बढ्ने विश्वास व्यक्त गरे । विधान अधिवेशनलगत्तै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया सुरु हुने जानकारी उनले दिए । उनले प्राप्त सुझावबाट पार्टीको रक्षा र विकास गर्न सहयोग पुगेको बताए ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ‘प्रचण्ड’ले यही फागुन १ गते प्रस्तुत गरेको विधान मस्यौदामा २० समूहबाट सुझाव सङ्कलन गरिएको थियो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १६ नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध छ । नेपाली…







