अदालतप्रति खगराजको कटाक्ष : असरको मूल्यांकन नगरी स्टे अर्डर गर्दियो, बस् !


     एभरेस्ट आवाज    
     फागुन ४ गते २०८० मा प्रकाशित




पोखरा, फागुन ४

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले अव्यवहारिक स्टे–अर्डर, आदेश र फैसला दिएकोभन्दै अदालतप्रति कटाक्ष गरेका छन् । गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारीले जुनसुकै विषयमा प्रभाव मूल्यांकन नगरी अदालतले स्टे–अर्डर दिने गरेको भन्दै रोष व्यक्त गरेका हुन् । उनले भने,‘कसैले निवेदन दिने वित्तिकै हाम्रा प्रचलित कानून्हरु के छन् ? हाम्रो विद्यामान अवस्था के छ ? नहेरी स्टे–अर्डर गर्दियो ।’ त्यस्तै स्टे–अर्डरको चपेटामा कालीगण्डकी नदी परेको उनले बताए ।

पूर्व मुख्यमन्त्री अधिकारीले अव्यवहारिक आदेश र फैसला प्रदेशको प्रभावकारितामा चुनौतिको रुपमा खडा भएको बताए । काली गण्डकी नदीको स्टे–अर्डरसम्बन्धि प्रसङ्ग निकाल्दै उनले भने,‘कालीगण्डकी कञ्चन भएर बगिरहेकी छन् । आज ग्लोबल वार्मिङ वा क्लाईमेट चेञ्जको कारणले हाम्रा पहाडहरु भत्किैछन् । कागबेनीमा त दशा देखिईहालियो । अब जोमसोमदेखि देवघाटसम्मै कालीगण्डकीमा हामीले छुन नहुने भो । गिट्टी बालुवा हेर्न नहुने भो । ठाउँ हेर्नपनि आँखामा चस्मा लगाउनुपर्ने भो । यस्ता अव्यवहारिक फैसलाहरुप्रति अदालतलेपनि गम्भीरतापूर्वक हेर्नुपर्छ । यस्ता कुराहरुलेपनि हाम्रो प्रभावकारितामा चुनौति खडा ग¥यो । अहिलेसम्म त्यसको कुनैपनि फैसला नगर्दिएपछि त्यसको असर के हुने हो ? ।’

अधिकारीले पूर्वाधार विकासमा सांसदहरुको अभिरुची प्रतिपनि अदालतलाई पटक्कै मन नपरेको भन्दै व्यंग्य गरे । सांसदहरुले कानून् बनाएर विकासमापनि योगदान गर्छु भन्दा अदालतले रोक लगाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।