एमफिल र पिएचडी गर्नबाहेक अरुलाई विदेशमा पढ्न जान नो अब्जेक्सन लेटर दिनुहुँदैन : अधिकारी


     एभरेस्ट आवाज    
     फागुन ४ गते २०८० मा प्रकाशित




गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले एमफिल र पिएचडी गर्नबाहेक अरुलाई विदेशमा पढ्न जान नो अब्जेक्सन लेटर दिन नहुने बताएका छन् । गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारीले प्लस टु सक्न नपाई विदेश जाँदा पलायन भइरहेको अर्बौं रुपैयाँ रोक्न यस्तो नीति अवलम्वन गर्नुपर्ने बताएका हुन् । यसका लागि संघ सरकारले ऐन ल्याउनुपर्ने भन्दै उनले भने,‘प्लस टु पढ्न पाएको छैन, अनि पढ्नको लागि भनेर विदेशमा खर्बौं रुपैयाँ पलायन हुने कुनैपनि देशमा हुँदैन । नो अब्जेक्सन लेटर एमफिल र पिएचडी गर्नबाहेक अरुलाई दिनु हुँदैन । संघ सरकारले यसबारेमा ऐन ल्याउनुपर्छ ।’

उनले सबै विदेश पढ्न जाने भए देशमा भएको क्याम्पस र विश्वविद्यालयहरुको के काम भयो भनेर प्रश्नसमेत गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।