जिल्ला समन्वय समिति खारेज गरौं : पृथ्वी सुब्बा गुरुङ


     एभरेस्ट आवाज    
     फागुन ४ गते २०८० मा प्रकाशित




फाइल तस्विर

नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले हालको जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने बताएका छन् । गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका उनले संघीयतालाई महंगो बनाउने मध्येको एक जिल्ला समन्वय समितिपनि भएकाले यसलाई खारेज गर्नुपर्ने बताएका हुन् ।

चार तहका सरकार दुनियामा कहिंपनि छैन,उनले भने,‘कित त्यसलाई अधिकार सम्पन्न बनाउनु प¥यो । त्यसो गर्दा खर्चिलो हुन्छ । त्यसैले अहिलेको परिस्थितिमा जिल्ला समन्वय समितिहरु नराख्दा हुन्छ ।’ उनले विश्वका संघीय शासन प्रणाली भएका धेरै देशहरुमा संघ र प्रदेश गरेर दुई तहका सरकार मात्रै हुने गरेको उल्लेख गरे । ‘साउथ अफ्रिका, अर्जेन्टिना र नेपालमा मात्रै तीन तहका सरकार बनाएका छौं । यसलेपनि संघीयतालाई महंगो बनाएको हो’–उनले भने ।

गुरुङले अधिकारविहीन् जिसस खडा गरेर दल र नेताहरुले त्यसलाई कार्यकर्तालाई जागिर खुवाउने काम मात्र गरेको आरोप लगाए । नेताहरुले प्रत्येक जिल्लामा ९ जना गरेर ७७ जिल्लामा ६९३ जना कार्यकर्तालाई जागिर खुवाउने काम नेताहरुले गरेका छन्,उनले भने,‘संघीय शासन प्रणाली भनेको कार्यकर्तालाई जागिर खुवाएर कमजोर बनाउने होईन ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।