पोखरा, फागुन ४
संघीय सांसद विद्या भट्टराई अधिकारीले महिलाहरु नेतृत्वमा नआउनुको कारण आर्थिकसँगै लाञ्छनापनि भएको बताएकी छन् । पोखरामा विहीबारदेखि शुरु भएको लिट्रेचर फेष्टिभलको शुक्रबारको सेसन ‘लोकतन्त्रमा महिला र चुनावी खर्च’ विषयक प्यानल डिस्कसनमा बोल्दै प्रतिनिधि सभा सदस्य भट्टराईले लाञ्छना सहन सक्ने मात्रै नेतृत्वमा आउनेगरेको बताएकी हुन् ।
सेसनको अन्तिममा दर्शक दीर्घाबाट चुनावमा गरिएको खर्च पार्टी कि तपाईंले भ्रष्टाचार गरेर सोधभर्ना गर्ने हो भनेर सोधिएको प्रश्नको उत्तर दिदै उनले भनिन्,‘महिला नेतृत्वमा नआउनुको कारण आर्थिकसँगै लाञ्छनापनि हो । महिलाले केहि नगरेपनि सामाजिक लाञ्छना लगाईन्छ । अहिले सामाजिक सञ्जाल त्यस्तै लाञ्छनाले भरिन्छन् । यहि कारण महिलाहरु नेतृत्वमा आउन चाहँदैनन् ।’ उनले आफूले चुनावमा लागेको खर्च निर्वाचन कार्यालयलाई बुझाईसकेको बताईन् । जनताले जतिबेलापनि खोज्न पाउने र सक्ने विषय भएकाले त्यसको खोजी गर्नु नागरिकको दायित्वपनि भएको बताईन् । तर हचुवाको भरमा तैंले भ्रष्टाचार गरिस् भनेर लाञ्छना लगाउनु राम्रो नभएको बताउँदै उनले भनिन्,‘मैले गरेका कामहरु, खर्चहरु सबै पारदर्शी छन् । यदि मैले कहिं भ्रष्टाचार गरेको भए, त्यस्ता व्यक्तिहरुसँग अनुचित फाइदा लिएको भए वा पाइए जुनसुकै बेलापनि पद त्याग्न तयार छु । त्यतिमात्र होईन त्यउो प्रमाणित भएको खण्डमा जेल जानपनि तयार हुनुपर्छ र तयार छु पनि ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १६ नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध छ । नेपाली…







