महिलाहरु आफै प्रत्यक्ष चुनाव लड्न चाहँदैनन् : उपाध्याय


     एभरेस्ट आवाज    
     फागुन ४ गते २०८० मा प्रकाशित




नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय (डीना)ले महिलाहरुमा चुनाव लड्नै नचाहने प्रवृत्ति रहेको बताएकी छन् । पोखरामा विहीबारदेखि शुरु भएको लिट्रेचर फेष्टिभलको शुक्रबारको सेसन ‘लोकतन्त्रमा महिला र चुनावी खर्च’ विषयक प्यानल डिस्कसनमा बोल्दै नेपाल महिला संघकी पूर्व अध्यक्ष उपाध्यायले महिलाहरुमा प्रत्यक्ष चुनाव लडेर जोखिम उठाउनु भन्दा सुरक्षित हुन समानुपातिकमा बस्ने प्रवृत्ति रहेको बताएकी हुन् । सेसनको अन्तिममा दर्शक दीर्घाबाट पत्रकार विमला भण्डारीले महिलाहरुलाई टिकट दिईदैन कि आफै उठ्न चाहँदैनन् भन्ने प्रश्न गरेपछि त्यसको जवाफ दिदै उपाध्यायले भनिन्,‘खास गरेर महिलाहरु प्रत्यक्ष चुनाव लड्नै चाहँदैनन् । केहि समय अघि सम्पन्न चुनावमा टिकट पाउन योग्य महिला साथीहरुले पछि नाम फिर्ता गरेर समानुपातिकमा नाम टिपाए । किनकी उनीहरुमा प्रत्यक्ष चुनाव उठ्दा चुनाव हार्ने हो कि भन्ने भयो, त्यसैले समानुपातिकमा सेक्यूर गरेर बसे ।’

समाजमा महिलालाई कमजोर ठान्ने प्रवृत्ति रहेको र चुनावमापनि त्यहि नजरले हेर्ने गरिएको उनको आरोप छ । टिकट बाँड्दापनि दल र नेताहरुले त्यसैलाई आधार मान्दा महिलाहरुले टिकट पाउन मुश्किल हुनेगरेको उनको भनाई छ । त्यसैले महिलाको योगदान, क्षमता र योग्यताका आधारमा समान अवसर पाउने वातावरण बनाउनुपर्नेमा उनले जोड दिईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।