पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १ ले सामाजिक क्षेत्र र समूहमा आबद्द क्रियाशिल महिलाको नेतृत्व र भाषण कला बिकासकालागि आयोजना गरेको क्षमता अभिबृद्दि तालिम सम्पन्न भएको छ ।महिलाहरुको क्षमता अभिवृद्धि गर्न सामाजिक क्षेत्रमा क्रियाशिल आमा समूह तथा महिलाहरुकालागि फागुन ३ र ४ गते २ दिन तालिम दिइएको थियो ।
तालिममा प्रभाबकारी भाषण कला, कार्यक्रम संचालन (उद्घोषण कला), नेतृत्व बिकास र समूह निर्माण सम्बन्धि विषयमा प्रशिक्षण दिइएको वडा सदस्य तथा तालिम संयोजक शोभा गुरुड.ले जानकारी दिए । शुक्रवार आयोजित तालिम समापन समारोहमा पोखरा महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सहारा प्रधानले तालिमले महिलाको समग्र क्षमता अभिबृद्दिकालागि सहयोग पुयाएको महसुस गरेको बताए । भाषण , उद्घोषण गर्न , महिला सशक्तिकरण र नेतृत्व बिकासको उद्देश्यले तालिम संचालन गरिएको र सो उद्देश्य अनुसार नै महिलाको क्षमतामा रुपान्तरण आएको वडा अध्यक्ष प्रधानले बताए ।समापन समारोहमा अनुभब मन्तब्य ब्यक्त गर्दै सिता सैंजु श्रेष्ठ, चन्द्रा श्रेष्ठ, देबिना शर्मा, बिमला साई, रबिना अधिकारी लगायतका सहभागि महिलाले तालिम प्रभाबकारी रहेको बताउदै आफूहरुमा भाषण कला, उद्घोषण कला र नेतृत्व बिकास बारे ज्ञान र सिप प्राप्त भएको, प्रयोगात्मक सिकाईले अनुभब प्रदान गरि आत्म बिश्वास बढाएको बताए । अब कार्यक्रमहरुमा मन्तब्य राख्न सक्ने र समूहको कार्यक्रम आफैले बिधि प्रक्रियापूर्बक चलाउन सक्ने उनीहरुले दृढता ब्यक्त गरेका छन् । संचारकर्मि दीपेन्द्र श्रेष्ठले सहजिकरण गरेको २ दिने तालिममा क्रियाशिल अभियन्ता र आमा समूहका गरि ३५ जनाले सहभागीता जनाएका थिए । सहभागिहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







