तामाङ बौद्ध सेवा समिति संगहमटोल पोखराले मञ्जुश्री सम्वत् २८६० औं डुकरमु पुख्री ल्हो सोनाम ल्होछारको सुखद अवसरमा शुभकामना आदान प्रदान, सम्मान, सामुहिक भोज एवम् विविध साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।
कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य ज्यूले कुङामा दीप प्रज्वलन समुद्घाटन गर्नुभएको थियो। प्रमुख अतिथिलाई समितिका अध्यक्ष विष्णु योञ्जनले तामाङ (तागी) टोपी ओढाएर स्वागत गरेका थिए। कार्यक्रमको उद्घाटन गदै उनले तामाङ जाती नेपालका विविध आदिवासीजनजाति मध्ये छुट्टै इतिहास र अस्तित्व बोकेको जाती भएको बताए । तर आधुनिकतासंगै तामाङ जातीको आफ्नो मौलिक भाषा आजका दिनमा धेरै कम बोल्ने गरेको र कुनै पनि जातीको भाषा मासिनु भनेको उसको संस्कार संस्कृति अनि अस्तित्व समाप्त हुनु हो जहाँ हजारौं वर्ष लागेर भाषा बनेको हुन्छ।भौतिक संरचनाको विकास मात्र विकास होइन,कुनै समुदायको मौलिक भाषा,संस्कार र संस्कृतिको संरक्षण संवर्दन र समृद्ध बनाउन सक्नु भनेको अतुलनीय विकास हो। उनले भने
हरेक आदिवासीजनजाति समुदायको विशेषगरी मौलिक भाषा संरक्षण संवर्दन र समृद्धताका निम्ति सम्बन्धित संघ संस्था र तिनका अगुवाले भुमिका खेल्नुपर्ने र यसमा महानगरको तर्फबाट साथ सहयोग र सहकार्य गर्न तत्पर रहेको कुरा प्रमुख अतिथि आचार्यले बताए। कार्यक्रममा नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिका अध्यक्ष शिवु ब्लोन तामाङ, नेपाल तामाङ घेदुङ, जिल्ला समन्वय समिति, कास्कीका अध्यक्ष भक्त बहादुर डुम्जन तामाङ, नेपाल तामाङ युवा घेदुङ कास्कीका पुर्व अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत लोप्चन, नेपाल तामाङ घेदुङ, कास्कीका पुर्व अध्यक्ष तथा ताम्बा ना।सु। राम प्रसाद सम्देन तामाङ,राष्ट्रिय आदिवासीजनजाति महिला महासंघ जिल्ला समन्वय परिषद कास्कीका उपाध्यक्ष मिन माया तामाङ, पोखरा महानगरपालिका वडा नं १३ का महिला सदस्य सुचिता तामाङ, तामाङ बौद्ध आमा समूहका अध्यक्ष पुष्पा तामाङ,तमु धिं नेपालका अध्यक्ष हुम गुरुङ, नेपाल तामाङ घेदुङ संघीय कार्यकारी समितिका उपाध्यक्ष दिपक वाईबा तामाङ, नेपाल तामाङ घेदुङ केन्द्रिय पुर्व अध्यक्ष तथा लोकोत्तर लोकवादी विचार अभियानका प्रवर्तक धन प्रसाद डुम्जन तामाङ र नेपाल तामाङ घेदुङ केन्द्रीय पुर्व का।वा।अध्यक्ष कुम बहादुर योञ्जन लगायतका अतिथिहरुले शुभकामना मन्तव्य सहित आफ्ना महत्वपूर्ण भनाइ राखेका थिए।
उक्त कार्यक्रममा संस्थाका १० जना लामा गुरु,४ जना बोम्बो समुह,उत्कृष्ट म्हेन्दोमाया नाच प्रस्तुत गर्ने २० जना कलाकार साथै संस्थालाई आर्थिक,भौतिक र नैतिक रुपमा योगदान पुर्याउने दर्जनौं दाताहरुलाई सम्मान स्वरूप मायाको चिनो प्रदान गरिएको थियो। आर्थिक सहयोग दाता सम्मान कार्यक्रमको संचालन आमा समुहका सचिव शान्ति लोप्चनले गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष शेरजङ वाईबा,स्वागत नृत्य सन्ध्या न्हेगी, दिलासा वाईबा, प्रिया न्हेगी र स्वागत गीत शान्ति थिङ तामाङले प्रस्तुत गरेकी थिइन ।
संस्थाका अध्यक्ष विष्णु योञ्जनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन समितिका सचिव पवित्रा थोकरले गरेकी थिइन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।