पोखरा । भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय पोखरामा भू पू अन्तर बटालियन भलिबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । फागुन १७ गते सम्म चल्ने प्रतियोगितामा १८ समुहले प्रतिष्पर्धा गर्दैछन् ।
प्रतियोगिताको उद्घाटन गर्दै भारतीय पेन्सन क्याम्प कार्यालय पोखराका प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिहं बघेलले सहभागी भूपू सैनिकहरुलाई विजयको शुभकामना दिएका थिए । बुधबार भएको पहिलो खेलमा ६/८ जिआर र २/८ जिआर विच भएको खेलमा सोझो सेटमा ६/८ जिआर ले विजय हासिल गर्यो ।
प्रतियोगितामा प्रथम हुने समुहले नगद ५० हजार शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । सुवेदार मेजर ठाकुरप्रसाद पौडेलले भुपु सैनिकहरु बिच आत्मियता वढाउन विगत ५ वर्ष देखि निरन्तर रुपमा अन्तर वटालियन भलिवल प्रतियोगिता संचालन गरेको बताए ।
पाचौ संस्करणको भूपू अन्तर बटालियन भलिबल प्रतियोगितामा दोस्रो हुने समुहले ३५ हजार प्राप्त गर्ने पौडेलले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।