बृहद फेदीखोला-पोखरा सम्पर्क समाजको रक्तदान कार्यक्रममा ५८ युनिट रगत संकलन


     एभरेस्ट आवाज    
     फागुन ११ गते २०८० मा प्रकाशित




पोखरा, फागुन ११

बृहद फेदीखोला-पोखरा सम्पर्क समाजको रक्तदान कार्यक्रममा ५८ युनिट रगत संकलन भएको छ । समाजले शुक्रबार पोखराको विरौटामा आयोजना गरेको रक्तदान कार्यक्रममा ४० जना पुरुष र १८ जना महिला गरेर कुल ५८ जनाले रक्तदान गरेका हुन् ।

नेपाल रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोग तथा युनाइटेड रेफरेन्स ल्याब्रोटरी (युआरएल)सँगको सहकार्यमा भएको रक्तदान कार्यक्रमको समाजका आजिवन सदस्य तथा मुटुरोग विशेषज्ञ डा.तेजबहादुर गुरुङले पहिलो रक्तदाता दीपक शर्मा पौडेललाई ब्लड व्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए ।

समाजले सामाजिक कार्य अन्तर्गत हरेक वर्ष फरक÷फरक कार्यक्रम गर्दै आएको छ । जस अन्तर्गत यस पटक रक्तदान कार्यक्रम गरेको फेदीखोला–पोखरा सम्पर्क समाजका अध्यक्ष जगदीश लामिछानेले जानकारी दिए । उनले आगामी दिनमापनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।