गण्डकी । गण्डकी ज्येष्ठ नागरिक सङ्घसहित कास्की र स्याङ्जा जिल्ला ज्येष्ठ नागरिक सङ्घको सहकार्यमा गण्डकी र लुम्बिनी प्रदेशका २१ जना ज्येष्ठ नागरिकले अन्तर आश्रम भ्रमण गरेका छन् ।
समाजमा ज्येष्ठ नागरिकको अवस्थाको जानकारीसँगै अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ अन्तर आश्रम भ्रमण गरिएको गण्डकी ज्येष्ठ नागरिक सङ्घका अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिए ।
ज्येष्ठ नागरिकहरूको समूहले शिव, पार्वती वृद्धाश्रम, रामदी स्याङ्जाका साथै भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलगायत धार्मिक पर्यटकीय गन्तव्यको भ्रमणसमेत गरेको थियो ।
शिव, पार्वती वृद्धाश्रम रामदी स्याङ्जामा भएको भेटघाट तथा छलफलमा पोखरा वृद्धाश्रमका अध्यक्ष एवं गण्डकी ज्येष्ठ नागरिक सङ्घका अध्यक्ष पराजुलीले असहाय, बेवारिसे ज्येष्ठ नागरिकमात्र नभई अपहेलित र अन्यायमा परेका सबै ज्येष्ठ नागरिकको मानवअधिकारका न्यूनतम आवश्यकता राज्यले पूरा गर्नुपर्ने बताए। राज्यका कानुन ज्येष्ठ नागरिकमैत्री बन्नुपर्नेमा जोड दिँदै उनले ज्येष्ठ नागरिकले सम्मानपूर्वक बाँच्न पाउनुपर्ने बताए ।
कार्यक्रममा कास्की ज्येष्ठ नागरिक सङ्घका सचिव भीमप्रसाद सुवेदी, पोखरा वृद्धाश्रमका सल्लाहकार लीलाधर भट्टराई, राजेश श्रेष्ठलगायतले ज्येष्ठ नागरिकका अनुभव नयाँपुस्ताका लागि प्रेरक हुने बताउँदै उनीहरूको सम्मानित जीवनयापनमा राज्यले जोड दिनुपर्ने बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।