अन्तर आश्रम ज्येष्ठ नागरिक भ्रमण सपन्न


     एभरेस्ट आवाज    
     फागुन ११ गते २०८० मा प्रकाशित




पोखरा । अन्तर आश्रम ज्येष्ठ नागरिक भ्रमण तथा अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कास्की, स्याङ्गजाका ज्येष्ठ नागरिकहरुको टोली हालै पोखरा, रामदी, लुम्बिनी भ्रमण गरेर आएका छन् । पोखरा बृद्धाश्रमको अगुवाईमा आएका गण्डकी ज्येष्ठ नागरिक संघका पदाधिकारीहरुले ज्येष्ठ नागरिकहरुको भ्रमण तथा अनुभव आखान प्रदान कार्यक्रमले आफुहरुलाई उत्साही बनाएको बताएका थिए ।

शिब पार्वती बृद्धाश्रम, स्याङ्गजा, रामदीका ज्येष्ठ नागरिकका प्रतिनिधि राजेश श्रेष्ठले आफ्नो आश्रममा आएका ज्येष्ठ नागरिकहरुलाई स्वागत गरेका थिए ।

गण्डकी ज्येष्ठ नागरिक संघका अध्यक्ष कुसुम केशव पराजुलीका अनुसार हाल असहाय, बेवारिसे ज्येष्ठ नागरिकहरु मात्र नभएर अपहेलित र अन्यायमा परेका सबै ज्येष्ठ नागरिकको मानव अधिकारका न्युनतम आवश्यकता राज्यले पुरा गर्नु पर्ने बताएका थिए ।
गण्डकी र लुम्बिनीका २१ जना ज्येष्ठ नागरिकहरुले आफ्नो भ्रमणले आगामी दिनमा गर्ने कार्य ज्येष्ठ नागरिक मैत्री बन्नु पर्नेमा जोड दिएका थिए ।

सोही अवसरमा कास्की ज्येष्ठ नागरिक संघका सचिव भीम प्रसाद सुबेदी, पोखरा बृद्धाश्रमका सल्लाहकार लिलाधर भट्टराई लगायतले आ–आफ्नो राय ब्यक्त गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।