
पोखरा ।पोखरामा एक दिवसिय ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । तमु धिं नेपाल केन्द्रिय आमा समितिको आयोजना तथा जिल्ला ट्राफिक कार्यलय कास्कीको सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो ।
पोखरा–९, नयाँबजार स्थित तमु धिंमा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्ब सभासदस्य, महिला उद्यमी, संचारकर्मी तथा समितिका सल्लाहकार मिना गुरुङले गरेकि थिइन् । उक्त अवसरमा बोल्दै गुरुङले कार्यक्रममा सहभागिहरुलाई तालिममा सिकेका कुरालाई व्यवहारिक रुपमा कार्यन्वयन गरी अघि वढ्न आग्रह गरिन् । गुररड.ले सकेको सहयोग गर्ने समेत प्रतिवद्धता समेत व्यक्त गरिन् । विशेष अतिथि तमु धिं नेपालका अध्यक्ष हुम बहादुर तमुले तालिमले सडक दुर्घटनाका कारण अकालमा ज्यान जानबाट बच्नका लागि ठूलो टेवा मिल्ने विश्वास व्यक्त गरे । तालिममा लिएको ज्ञान घर परिवार, छिमेकी विभिन्न समाजमा दिन सकेको अवस्थामा दुर्घट्ना न्युनिकरण हुनेमा पनि उहाले विश्वास व्यक्त गरेका थिए । तालिममा सिकेका कुरालाई अक्षरस पालना गर्ने विश्वास लिनुहुँदै जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीका प्रहरी नायव निरीक्षक तथा प्रशिक्षक भिम खत्रीले सहभागिहरुले घरपरिवारलाई समेत जानकारी गराउनुभएमा ट्राफिक व्यवस्था तथा सवारी दुघट्ना न्युनिकरणमा ठूलो भुमिका रहने अपेक्षा व्यक्त गरे । ट्राफिक नियम पालना गर्नु ट्राफिक प्रहरीको लागि नभइ आफ्नो सुरक्षाको लागि भएकाले यसप्रति सवै सचेत रहनुपर्नेमा उहाँको जोड थियो । तालिममा सिकेका कुरालाई समाजमा पनि सिकाउन सके दुर्घटनाबाट बच्न सकिने, तमु धिं नेपाल केन्द्रिय आमा समितिका अध्यक्ष पवित्रा देवी गुरुङले बताइन् । कार्यक्रममा गएको फागुन ५ गते भएको १८ औं संस्करणको पोखरा सफल अन्तर्राष्ट्रिय म्याराथनमा भेट्रान्सतर्फ प्रथम द्धितिय र सान्वना हुनुभएका ५ जना समितिका पदाधिकारी तथा सदस्य र प्रेस चौतारीको स्थापना दिवसमा सम्मानित हुनुभएको महिला उद्यमी मिना गुरुङ र तमु धिं नेपालका अध्यक्ष हुम बहादुर तमुलाई खादाले सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य समितिका प्रथम उपाध्यक्ष विना तमु र सञ्चालन महासचिव बालकुमारी तमुले गरेका थिए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।