
पोखरा । गजल सन्ध्या पोखराको अध्यक्षमा मन क्षेत्री चयन भएका छन् । सन्ध्याको शनिबार सम्पन्न १८ औं साधरणसभा तथा १३ औं अधिवेशनले क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
सन्ध्याको उपाध्यक्षमा कपिल शर्मा, सचिवमा उदिपराज ढुंगना, कोषाध्यक्षमा विष्णु सुवेदी र सह–सचिवमा सावित्री गिरी चयन भए ।
यस्तै सदस्यहरुमा शोभा लामिछाने, माधव खतिवडा, सागर अधिकारी, लक्ष्मण तिमिल्सिना, करणकपुर खनाल छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।