नेलम्बोको दुई दिने निःशुल्क कान शिविरिमा १८८ जना लाभान्वित


     एभरेस्ट आवाज    
     फागुन १२ गते २०८० मा प्रकाशित




पोखरा । नेलम्बो नेपालको आयोजनामा कास्कीको माछापुच्छ्रेमा सम्पन्न निःशूल्क कान शिविरमा १८८ जना लाभान्वित भएका छन् ।

पोखराको गैह्रापाटनस्थित नेलम्बो नेपालको आयोजनामा कास्कीको माछापुच्छे गाउँपालिका–६ भिडावारीस्थित बराह माध्यमिक विद्यालयमा दुई दिनसम्म विद्यार्थी तथा शिक्षकलक्षित शिविरमा १८८ जनाले सेवा लिएको नेलम्बो नेपालका कार्यक्रम संयोजक भिम भण्डारीले जानकारी दिए । सेवाग्राहीमध्य ८६ जना महिला र बाँकी पुरुष रहेको जनाइएको छ ।

शिविरमा डाक्टर अंकुर के.सी.को नेतृत्वमा ९ जनाको प्राविधिक टोलि उपचारमा संलग्न भएको थियो ।

यसअघि कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका–६ का अध्यक्ष टेकनाथ गौतमले नेलम्बो नेपालले आफ्नो वडामा गरेको सहयोगको प्रशंसा गर्दै ग्रामीण भेगका विद्यार्थीहरु स्वास्थ्यको पहुँचबाट टाढा रहेको अवस्थामा यो कार्यक्रम निकै राम्रो भएको बताए ।

नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले माछापुच्छ्रे ६ सँग नेलम्बो नेपालको राम्रो सम्बन्ध र सुरुवाती दिनहरुबाटै सहकार्यमा सहयोग गर्दै आइरहेको बताए ।

विद्यालयका प्रधानाध्यापक मिनप्रसाद अधिकारीले नेलम्बो नेपालले यस भन्दा अगाडि पनि निःशुल्क दन्त शिविर, न्यानो सुइटर पनि वितरण गरेको साथै वडा नं ६ भरीका सामुदायिक विद्यालयहरुमा मानै न्यानो सुइटर वितरणसँगै अहिले विद्यार्थीहरुका लागि कानको निःशुल्क उपचार गरेर विर्षनै नसकिने सहयोग गरेको बताए । उनले यसलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।