पोखरा । कास्कीको अन्नपूर्ण गाउ पालिका वडा नम्बर १० मा अवश्थित मेश्रम वराह माध्यमिक विद्यालय घान्द्रुकको हीरक जयन्ती २०८० जारी रहेको छ । फागुन १५, १६, र १७ गते हीरक त्रिदिवसिय रुपमा हीरक महोत्सब आयोजना गरिएको हो
फागुन १५ गते (मंगलवार) हिरक महोत्सबको शुभारम्भ र हीरक द्वारको समुद्घाटन र १६ गते (बुधबार) भू पू बिद्यार्थी पुनर्मिलन समारोह तथा सम्मान कार्यक्रमको आयोजना गरिएको र १७ गते बिहिवार (भोलि) खेलकुद कार्यक्रमका बिजेतालाई पुरस्कार बितरण गरि हीरक महोत्सव समापन हुने बिद्यालय व्यवश्थापन समितिका अध्यक्ष लक्षिन गुरुड.ले जानकारी दिए ।
बुधवार दोश्रो दिन भू पू प्र अ,शिक्षक, बिद्यार्थी र सहयोगदाताहरुलाई प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले सम्मान पत्र प्रदान गरि सम्मान गरेका थिए । सो अवसरमा तमु धिं नेपालका संस्थापक अध्यक्ष तथा एभरेस्ट मिडिया हाउसका अध्यक्ष कर्मकुमारी गुरुड.लाई बिद्यालयको उन्नयनमा सघाउ पुर्याएको भन्दै सम्मान गरिएको थियो ।
अध्यक्षद्वारा शुभारम्भ
मङ्गलवार विद्यालय प्राङ्गणमा आयोजित एक समारोहका बीच अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष विष्णुबहादुर केसीले संस्थापक तथा जग्गादाता लक्षमण गुरूङको शालिकमा माल्यार्पण, हीरकद्वार उद्घाटन, हीरक स्तम्भ शिलान्यास गरी हीरक जयन्ती २०८० को शुभारम्भ गरेका थिए ।
विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तथा हीरक जयन्ती मूल समारोह समितिका संयोजक लक्षिन गुरुङको अध्यक्षता, अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष विष्णुबहादुर केसीको प्रमुख अतितथ्यतामा सम्पन्न कार्यक्रममा पालिकाका निवर्तमान अध्यक्ष युवराज कुँवर, उपाध्यक्ष चन्द्रकला अधिकारी, शिक्षा विकास समन्वय कास्कीका प्रमुख लोकनाथ आचार्य, वडा नं. ११ का वडाध्यक्ष हिमबहादुर गुरूङ लगायतले शिक्षाको महत्त्व र शिक्षण सिकाईका बारेमा आ-आफ्ना भनाई व्यक्त गरेका थिए ।
विद्यालयले स्थापनाको ७५औँ वर्ष पुगेको अवसरमा हीरक जयन्ती मनाएको हो । अन्नपूर्ण गाउँपालिका–१०, घान्द्रुक कास्कीमा विसं २००६ सालमा स्थापित उक्त माविले फागुन १५ गते मङ्गलवार, १६ गते बुधबार र १७ गते बिहीबारसम्म तीन दिन विविध कार्यक्रमका साथ हीरक जयन्ती मनाईरहेको छ ।


हीरक महोत्सबको अवसरमा विद्यालयमा सञ्चालित अन्तर सदनात्मक अतिरिक्त क्रियाकलाप २०८० मध्ये छात्र फुटवल, छात्र छात्रा भलिबल, छात्र बास्केटबल प्रतियोगितामा प्रथमरद्वित्तियरतित्तिय स्थान प्राप्त गर्नेलाई पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै, गाउँपालिका स्तरीय महिला शिक्षक भलिबल प्रतियोगिता, घान्द्रुकमा कार्यरत, अन्तरसंस्था सेवेन ए साईड फुटबल प्रतियोगितामा प्रथमरद्वित्तियरतित्तिय स्थान प्राप्त गर्नेलाई पनि पुरस्कार प्रदान गरिएको थियो । बिधार्थीहरूलाई अनुशासन पुरस्कार, व्यक्तिगत सरसफाइ पुरस्कार, उत्कृष्ट पि.टि.प्रदर्शन पुरस्कार, कक्षागत शैक्षिक पुरस्कार (शैक्षिक वर्ष २०७९) को परीक्षामा कक्षागत रुपमा प्रथम, द्वित्तीय र तृतीय हुने विद्यार्थीहरुलाई छात्रवृत्ति र पुरस्कार, एस्. इ.इ.उत्तीर्ण ग्रेड बीदेखि माथि ल्याउने विद्यार्थीहरु छात्रवृत्ति र पुरस्कार, कक्षा ११र १२ उत्तीर्ण ग्रेड बीदेखि माथि ल्याउने विद्यार्थीहरु छात्रवृत्ति र पुरस्कार वितरण गरिएको थियो ।
तत्कालीन समयमा विद्यालयको आवश्यकता महसुस गर्दै समाजसेवी स्व धीरबहादुर गुरुङको सक्रियतामा कक्षा ७ सम्म पठनपाठन गर्ने गरी मेश्रम बराह मिडिल स्कुल स्थापना गरिएको थियो । २०३४ साल माघ १८ गतेदेखि कक्षा ८ सम्मको पठनपाठन थालेको विद्यालयले २०३५ साल पुस १६ गते कक्षा ८ र ९ को स्थायी स्वीकृति प्राप्त गरेको थियो । विद्यालयले २०३६ पुस १८ गतेदेखि कक्षा १० को स्थायी स्वीकृति प्राप्त गरेको जानकारी दिँदै गुरुङले २०७४ साउनदेखि अस्थायी अनुमति लिएर कक्षा ११ र १२ को पठनपाठन भइरहेको छ ।
हिमालको काखका साथै सडक सञ्जाल लगायतको अभावका कारण आसपासका क्षेत्रमा विद्यालय नहुँदा आव २०३५र३६ तिर वरपरका दाङसिङ, सावेद, भुक, लुम्ले, लान्द्रुक, काँडे, ल्वाङघलेलगायत स्थानबाट विद्यार्थीहरू यस विद्यालयमा पढ्न आउने गर्दथे ।
विद्यालयबाट हालसम्म करिब सात सय विद्यार्थीले एसएलसी उत्तीर्ण गरिसकेका प्रधानाध्यापक यामप्रसाद भण्डारीले जानकारी दिए । पछिल्लो समयमा गाउँबस्तीहरू खाली हुने क्रम बढिरहेको अवस्थामा पनि हाल यस विद्यालयमा तीन सय १० विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै उहाँले कक्षा ११ र १२ मा व्यवस्थापन र शिक्षातर्फका विषय पठनपाठन भइरहेको बताए ।
स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण रहेको घान्द्रुक अन्नपूर्ण आधार शिविरतर्फ जाने पदमार्गको सुरुआती गन्तव्यसमेत भएकाले आगामी दिनमा होटेल म्यानेजमेन्टको कक्षासमेत सञ्चालन गर्ने विद्यालयको सोच छ । हीरक जयन्तीलाई भव्यताका साथ सम्पन्न गर्न विभिन्न उपसमिति पनि गठन गरिएको थियो । यसै सन्दर्भमा विद्यालयका अभिभावक, पूर्वविद्यार्थी तथा स्थानीय समाजसेवीसँग चन्दा सहयोग सङकलन सुरु गरिएको अर्थ सङ्कलन उपसमितिका संयोजक ललित गुरुङले बताए । चन्दा दाताहरूबाट पाँच सयदेखि रु पाँच लाखसम्म आर्थिक सहयोग प्राप्त भइरहेको जानकारी दिँदै हीरक जयन्ती सम्पन्न गर्न करिब रु ५० लाख खर्च हुने अनुमान गरिएको अर्थ सङ्कलन संयोजक गुरुङले जानकारी दिए । सङ्कलित रकम हीरक जयन्ती अन्तर्गतका कार्यक्रममा न्यूनतम खर्च गरी बाँकी रकम विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि एवं अत्यावश्यक पूर्वाधार निर्माणमा खर्च गर्ने लक्ष्य राखिएको संयोजक गुरुङले बताए ।
बिहीबार सम्म सञ्चालन हुने कार्यक्रममा विविध खेलकुद भलिबलरफुटबलरबास्केटबल, सांस्कृतिक कार्यक्रम, भूपू शिक्षकरविद्यार्थी पुनर्मिलन तथा सम्मान, चन्दादाता एवं विद्यालयमा अध्ययन गरी विभिन्न उच्च ओहोदामा पुग्न सफल व्यक्तित्वको सम्मान आदि समावेश गरिएको व्यवस्थापन समितिका अध्यक्ष लक्षिन गुरुङले बताए ।साथै स्मारिका प्रकाशन, हीरक स्तम्भ निर्माणलगायत कार्यक्रम पनि समावेश गरिएको प्रधानाध्यापक भण्डारीले जानकारी दिए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रोजी श्रेष्ठ अब व्यवसायिक यात्रामा…






