साङ्केतिक तस्विर
फागुन १८ पोखरा । पोखराबाट दुई जना नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा परेका छन् । बिहीबार पोखराको लेकसाइडमा मादक प्रदार्थ सेवन गरि आफुहरु प्रहरीको ठूलो मान्छे भएको भन्दै धम्काउँदै हिडेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा शान्तिनगरचोक बस्ने नारायण गिरी ३२ र सप्तरी डाक्लेश्वरी न.पा.वडा नं.७ घर भई हाल पोखरा–११ फुलवारी बस्दै आएका बिबेक ठाकुर २१ छन् ।
आफुहरु प्रहरीको ठूलो मान्छे भएको भन्दै रेडियो सेट (वाकिटाकी) देखाई धम्की दिएको भन्ने सुचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले सम्झाई बुझाई गर्दा उल्टै अपशब्द, गाली गलौज तथा अभन्द्र व्यवहार गरेको आरोप उनीहरुमाथि छ ।
पक्राउ परेका उनीहरुलाई अभद्र ब्यबहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कर्यालय कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







