फागुन २३ पोखरा । महाशिवरात्रीको पावन अवसरमा पोखरा महानगरपालिका वडा नं. ३० मा रहेको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र शिसुवामा शिवध्वजारोहण गरिएको छ ।
हरेक वर्ष शिवरात्रीको अवसर पारेर नयाँ झण्डा राखेर शिवको आरधना तथा शिवमहिमाका वारेमा धार्मीक प्रवचन दिने कार्यक्रम अन्तरगत शिसुवा केन्द्रमा शिवध्वजारोहण सहित स्नेह मिलन कार्यक्रम गरिएको हो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष दुर्गा प्रसाद सुवेदीले धर्मको भावले गरिने जुनसुकै कामले पनि पुर्णता पाउने तर्क राख्दै धर्मले मानिसलाई अनुशासन र सतकर्म गर्ने वाटो तर्फ अग्रसर गराउने विचार राखेका थिए ।
सोही अवसरमा ब्रहमकुमार शैलेसराज बरालले वालबालिकाहरुलाई सानै उमेर देखि सकरात्मक कुराका बारेमा जानकारी गराउदै आध्यात्मीक ज्ञान र नैतिक शिक्षाका बारेमा वुझाउन सकियो भने देशले कहिल्यै पनि विखण्डन नआउनेमा जोड दिएका थिए ।
राजयोगीणि ब्रह्माचार्यणी राजयोग प्रशिक्षण केन्दकी निर्देशक प्रणिताको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा,व्रहमाण समाज पोखरा ३० का अध्यक्ष वालकृष्ण सुवेदी र राजयोग प्रशिक्षण केन्द्र शिसुवाकी संचालक सविता लगाएतले धर्म विनाको संसार कल्पना समेत गर्न नसकिने बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







