११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसः ४८ जना वेवारिसे महिलाहरुलाइ खाधन्न वितरण


     एभरेस्ट आवाज    
     फागुन २५ गते २०८० मा प्रकाशित




११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस पोखराका युवा संघका महिलाहरूले फरक तरिकाले मनाइएका छन। कोपिला नेपाल संस्थामा रहेका ४८ जना वेवारिसे महिलाहरुलाइ खाधन्न वितरण गरी उनीहरुसंगै खाजा खाएर नेकपा महिलाहरुले दिवसलाई सम्झिदै मनाएका हुन्।

सामाग्री वितरण गर्दै युवा नेतृ सरस्वती पुरीले महिला हिम्सा दिनानुदिन बढ्दै गरेको र घर स्कुलमा पनि महिलाहरु सुरक्षित नभएको चिन्ता व्यक्त गरे।।कार्यक्रमा युवा नेतृ विष्णु सुवेदीले यो ठाउँमा आएर जे देखियो त्यसले भावविहिल बनाएको बताए।

कार्यक्रमा युवा संघमा आवद्द महिला कमरेडहरुको उपस्थित थियो।कोपिला नेपाललाई सम्झिएर नारी दिवस मनाउन आएका कोपिला नेपालका निर्देशक विना सिलवालले खुसी व्यक्त गर्दै त्यहा रहेका महिला दिदिबहिनीहरुले आफ्नो वेदनाको गित सुनाएर सहयोगी संस्थालाई धन्यवाद दिएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।