पोखरा । पोखराकी सक्रिय फोटो पत्रकार राधिका शर्मा कँडेल गण्डकी प्रदेश सरकारबाट सम्मानित भएकी छन् ।
एक सय १४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशको उत्कृष्ट महिला सहयोग कार्यक्रमअन्तर्गत राससका फोटो पत्रकार राधिका कँडेललाई पोखरामा सम्मान गरिएको हो । उनलाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।
कँडेल राष्ट्रिय समाचार समितिमा सक्रिय फोटो पत्रकारिता गर्दै आएकी छिन् । उनले बिभिन्न राष्ट्रिय पुरस्कार समेत पाइसकेकी छन् । सो अवसरमा अन्य बिबिध क्षेत्रका महिलाहरुलाई पनि सम्मान गरिएको थियो । पत्रकारिता क्षेत्रबाट कँडेलसहित दुर्गा अधिकारी, र प्रतीक्षा काफ्ले सम्मानित भए ।अन्य सम्मानित महिलामा हिमाल आरोही दिकी ल्हमु लामा, नानुमाया गुरुङ, पर्यटन व्यवसायी कमला गिरी, उद्यमीहरु हिरा भट्टराई, कान्छी गुरुङ र चन्द्रकला राना छन् ।यस्तै, सामाजिक अभियन्ता कमला पराजुली, विनाकुमारी सिलवाल, साहसिक पर्यटनतर्फ फुन्जो झाङ्मु लामा, पूर्णिमा श्रेष्ठ र मनु गुरुङ, खेलकुदबाट रेखमाया गुरुङ, भाषा संस्कृतिबाट तारामाया थापालाई सम्मान गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सहकारी तर्फ ७ वटा सहकारी सम्मानित भएका छन् । गोरखाको सृजनशील महिला बचत तथा ऋण सहकारी संस्था, मुस्ताङको पुथाङ आमा बहुमुखी सहकारी, म्याग्दीको सृजना महिला विकास बहुउद्देश्यीय सहकारी, लमजुङको मार्गदर्शन महिला सहकारी, स्याङजाको प्रगति महिला सहकारी, बागलुङको कालिका सहकारी तथा नवलपुरको नवज्योति महिला सहकारी सम्मानित भएका हुन् । प्रत्येक सहकारीलाई ७५ हजारका दरले रकम उपलब्ध गराइएको मन्त्रालयका सचिव प्रकाश पौडेलले जानकारी दिए ।उनीहरुलाई गण्डकीका नीति तथा योजना आयोगका सदस्य डा. सुवास अधिकारीले नगद र प्रमाणपत्रले सम्मान गरेका हुन् ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







