शिवरात्रीमा काठमाडौंको टोखामा डि–मर्चा गुञ्जियो


     एभरेस्ट आवाज    
     फागुन २६ गते २०८० मा प्रकाशित




पोखरा, फागुन २६

काठमाडौंको टोखामा पोखरेली व्याण्ड डि–मर्चा गुञ्जिएको छ । हिन्दूहरुको आराध्यदेव महादेवको पुजन हुने दिन शिवरात्रीको अवसरमा काठमाडौंको टोखास्थित अर्वान फार्म हाउसमा डि–मर्चा गुञ्जिएको हो ।

साधु सन्तदेखि शिवका भक्तजन अनि संगीतका पारखीहरुको बाक्लो उपस्थितिमा भएको कार्यक्रममा डि–मर्चाले ‘कैलाशैमा शिवजीको बस्ती छ, प्रभूजीलाई मस्ती छ’बोलको गीतबाट प्रस्तुती शुरु गरेर डेढ घण्टासम्म दर्शकलाई मन्त्रमुग्ध बनाउँदै नचाएको थियो । देशको समसामयीक विषयवस्तुमा आधारित ‘नेताजी नमस्कार’, देशभक्तिहुँदै ‘जय ! शिव शम्भो, शिव बजाउ डमरु, म बजाउँछु बोम, भक्तजनहरु नाच छमछम्’ बोलको शिव स्तुत्य गीत गाउँदै डि–मर्चाले प्रस्तुती अन्त्य गरेको डि–मर्चा व्याण्डका भोकलिष्ट भाष्करध्जव श्रेष्ठले जानकारी दिए ।

डि–मर्चा व्याण्ड अगाडि रक स्टार गायक धिरज राई, रवि रिमाल, प्रोफेर ट्रिक्स, ¥यापर प्रतीक, काठमाडौंको लक्ष्य व्याण्डलगायतले प्रस्तुती दिएका थिए । कार्यक्रममा दिनभरीजसो नै दर्शकको भीड थियो भने सांगीतिक माहोलमा दर्शक झुमेका थिए ।

आयोजक अर्वान फार्म हाउस लोकल अर्गानिक खाना पाइने ठाउँ हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।