धम्पुस ढाँडा सृजनाटोलमा शिव मन्दिर निर्माण


     एभरेस्ट आवाज    
     फागुन २७ गते २०८० मा प्रकाशित




पोखरा । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ धम्पुस ढाँडाको सृजना टोलमा पुनः निर्माण गरिएको शिव मन्दिर पूर्ण रुपमा सम्पन्न भएको छ ।

२०५५ सालमा तत्कालिन वडा अध्यक्ष कृष्ण प्रसाद भण्डारीको नेतृत्वमा सो मन्दिर निमार्ण गरिएको थियो भने अहिले मन्दिर पुरानो भएर जिर्ण हुन माछापुच्छ्रे गाउँपालिका कार्यालयद्धारा रु २ लाख रुपैया र माछापुच्छ्रे गाउँपालिका वडा कार्यालय ७ धम्पुसले रु ४ लाख रुपैयाको सहयोग र स्थानीय, स्वदेश तथा विदेशमा रहेका चन्दाताहरुको करीब १८ लाख रुपैया चन्दा संकलन र स्थानीय तहको ६ लाख गरी कुल २४ लाख रुपैयाको लागतमा गाउँमा शिव मन्दिर निमार्ण गरिएको हो ।

मन्दिर निमार्ण समिति अध्यक्ष गोविन्द राज भण्डारी (ठूलो), उपाध्यक्ष बलराम भण्डारी, सचिव राम प्रसाद भण्डारी, सदस्यहरु अमृता, तिर्थराज, नवीन भण्डारी क्षेत्री र जय बहादुर वि.क. को टोली निमार्ण कार्यको लागि खटिएको थियो । उक्त मन्दिर निमार्ण कार्यको लागि अर्थसंकलन समिति सदस्य अमृत कुमार भण्डारीको नेतृत्वमा अर्थ संकलन गरिएर मन्दिर पुनः निमार्ण सम्पन्न गरिएको थियो । मन्दिरको समुद्घाटन गण्डकी प्रदेशका सांसद माननीय गणेशमान गुरुङ्गले गरेका थिए ।

उक्त मन्दिर उद्घाटनमा बोल्दै गणेशमान गुरुङ्गले समग्र धम्पुसको विकासको लागि आफु लागि परेको र धम्पुसलाई धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउनु पर्ने र छिट्टै धम्पुसको मोटर बाटोलाई कालो पत्रे गर्न प्रति लागिपरेको पनि बताए । उनले मूलपानि ढाँडा हुदै नागडाडा सम्म जाने कच्चिबाटो प्रदेश अन्र्तगत कृषि सडकमा परेको र त्यो बाटो ढलान गरि स्तरोन्ती कार्य अगाडी बढेको र अब यस टोललाई आय अर्जनमा जोड्नु पर्ने पनि बताए ।

विशेष अतिथि माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ धम्पुसका वडा अध्यक्ष बैकुठ प्रसाद भण्डारीले समग्र धम्पुसमा सृजनाटोल सामाजिक विकासका कार्यमा अग्रसर रहेको र स्थानीय स्तरको थोरै विनियोति बजेटबाट पनि अधिकतम चन्दा संकन गरि शिवि मन्दिर पुनः निमार्ण गर्न प्रति सफल भएकोमा समिति तथा स्थानीय सम्पूणलाई धन्यवाद व्यक्त गरे । उनले यस टोलको विकास र प्रगतिको लागि वडा कार्यालय सधैं प्रतिवद्ध रहेको पनि बताए ।

उक्त कार्यक्रममा समाज सेवी तथा उत्कृष्ट चन्दादाता रुमा सम्मान ग्रहण पश्चात प्रभु गुरुङ्गले बोल्दै यस सृजना टोलले गरेको हरेक उन्नती तथा प्रगतिमा आफुहरुको सधै साथ र सहयोग रहने पनि बताए । उक्त कार्यक्रममा समाज सेवी कृष्ण प्रसाद भण्डारी, राज कुमार भण्डारी, विष्णु बहादुर क्षेत्री, लोक बहादुर गुरुङ्ग, नारायण प्रसाद भण्डारी, पण्डित कृष्ण प्रसाद सुवेदी लगायतले बोलेका थिए ।

सो कार्यक्रममा समाज सेवी जयलाल अधिकारी, शन्तोष भण्डारी, लेखनाथ भण्डारी, राम चन्द्र भण्डारी, हरि प्रसाद अधिकारी, मोहन राज भण्डारी, तिल प्रसाद भण्डारी, खिम राज भण्डारी जीवनाथ भण्डारी मदन भण्डारी शिव प्रसाद भण्डारी, हिमलाल भण्डारी, शुदिप अधिकारी, दुर्गा प्रसाद भण्डारी बसन्त राज भण्डारी, नवीन रिजाल लगायतले महत्वपूर्ण सहयोग गरेका थिए ।

अमृत कुमार भण्डारीद्धारा सञ्चालित उक्त कार्यत्रक्रमको स्वागत मन्तव्य टोल संयोजक गोविन्दरा भण्डारी (सानो)ले गरेका थिए । महा शिवरात्रीको समयमा आयोजित उक्त कार्यक्रममा ४०० जना भन्दा बढी श्रदालु भक्तजनहरुले शिव मन्दिरको दर्शन गरेको कुरा समाज सेवी भीम प्रसाद भण्डारीले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।