पोखरा, फागुन २८
नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दीर्घकालीन असर गर्ने कुनैपनि निर्णय नगर्न सचेत गराएको छ । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको आज बसेको बैठकले गण्डकी प्रदेश सरकार कामचलाउ सरकारमा परिणत भइसकेको भन्दै दुरगामी असर गर्ने कुनैपनि निर्णय नगर्न सचेत गराएको हो । बैठकको निर्णयमा भनिएको छ,‘गण्डकी सरकार कामचलाउ सरकारमा परिणत भएको अवस्थामा दीर्घकालीन असर गर्ने खालका कुनैपनि निर्णय नगर्न साथै त्यस्ता कुनैपनि कामकारवाही अगाडि नबढाउन सरकारलाई सचेत गराईन्छ ।’
बैठकले नया सरकार निर्माणको प्रक्रिया सहज र स्वाभाविक राजनीतिक निकासका लागि वातावरण बनाउनपनि माओवादी केन्द्रले आग्रह गरेको छ ।
नेकपा माओवादी केन्द्रलेपनि सत्ता गठबन्धनका लागि आवश्यक सम्वाद र समन्वय गर्न संसदीय दलका नेता हरिबहादुर चुमानलाई जिम्मा दिने निर्णय गरेको माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुसुम बुढा पुनले जानकारी दिईन् । उनले भनिन्,‘नया सरकार निर्माण र त्यसको नेतृत्व र पहलकदमी लिनका लागि आवश्यक सम्वाद र समन्वयका लागि दलको नेतालाई जिम्मा दिने निर्णय भएको छ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १५ फ्लाई दुबईले पोखरा–दुबई उडान शुरु गरेसँगै पोखरेली पर्यटन…







