पोखरामा बाल यौन दुरव्यहारको आरोपमा एक पक्राउ


     एभरेस्ट आवाज    
     फागुन २९ गते २०८० मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । बाल यौन दुरव्यहारको आरोपमा पोखराबाट एक जना पक्राउ परेका छन् ।

प्रहरीले पोखराकी एक १५ वर्षिया बालिकालाई यौन दुरव्यवाहार गरेको आरोपमा पोखरा–८ सभागृह बस्दै आएका ४६ वर्षिय सुरेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले आरोपित श्रेष्ठलाई उनकै घरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठलाई बाल यौन दुर्व्यवहार मुद्दामा कास्की जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।