बुबा आमाको स्मृतिमा छोरीद्वारा पहारी कुल समितिमा पाँच लाखको अक्षय कोष स्थापना


     एभरेस्ट आवाज    
     चैत्र ३ गते २०८० मा प्रकाशित




चैत ३ पोखरा । आफ्ना स्वर्गिय बुबा आमाको स्मृतिमा छोरीहरुद्वारा पाँच लाखको अक्षयकोष स्थापना गरेका छन् । पोखरा महानगर पालिका वडा न ६ बैदाममा अवस्थित पहारी कुल संरक्षण समिति कास्कीमा उनीहरुले स्व. दण्डपाणी र स्व जमुना पहारीको स्मृति ५ लाखको अक्ष्यकोषको स्थापना गरेका हुन् ।

छोरीहरु पोखरा महानगर पालिका वडा २२ पुम्दी निवासी खरीका पहारी बराल, पोखरा महानगर पालिका वडा १७ छोरेपाटन निवासी सेतुदेवी पहारी आर्चाय र पोखरा महानगर पालिका वडा १९ पुरुनचौर निवासी डिलमाया पहारी पौडेलले संयुक्त रुपमा अक्षयकोष स्थापना गरेका हुन् ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरी छोरीहरुले नगद रु पाँच लाखसमितिका अध्यक्ष जगत बहादुर पहारीलाई हस्तान्तरण गरे । अक्षयकोष दाताहरुले बुबा आमाको नामा सहयोग गर्ने पाउँदा खुशि लागेको बताए । कोषको रकम लक्षित परिवारका सदस्यहरुलाई सहयोगी बन्नेमा विश्वास व्यक्त गरे ।

समितिका निबर्तमान अध्यक्ष गोविन्दराज पहारीले लक्षित बर्गका परिवारजनहरुमा भैइपरिआउने विपक्तिका समस्याहरुलाई समाधान गरि, पठनपाठनमा सहयोग पुगेमात्र कोषको सार्थकता पूरा हुने बताए ।

आर्थिकस्तर कमजोर भएका पहारी भाइबन्धुहरुको आर्थिक स्तरमा सहयोग पु¥याउने उद्देश्यले निवर्तमान अध्यक्ष गोविन्दराज पहारीले ६ बर्ष अगाडी स्थापना गर्नु भएकोे पहारी कुल संरक्षण समितिमा हाल सम्म कोषमा ४३ लाख रुपैया जम्मा भएको कोषाअध्यक्ष प्रेमराज पहारीले जानकारी दिए ।

प्राकृतिक बिपक्ति सहित आर्थिक अभावमा विद्यालय जान नपाएका वा नियमित नभएका बाबु नानीहरुको पठन पाठनमा समितिले अक्षय कोषको प्राप्त ब्याज बाट सहयोग गर्दै आएको छ ।

अध्यक्ष जगत बहादुर पहारीले कोषको रकम सदुपयोग गर्दै लक्षित बर्गका परिवार जनहरुमा पु¥याउने प्रतिबद्धता जनाए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।