चैत ३ पोखरा । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रुपा गाउँपालिकाको पाँचौं गाउँ परिषद् तथा तेस्रो अधिवेशनले जयराम सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सङ्गठनको खुला उपाध्यक्षमा प्रकाश सुवेदी, महिला उपाध्यक्षमा सङ्गीता आचार्य र सचिवमा सुनिल सुवेदी, कोषाध्यक्षमा केदार रेग्मी, सहसचिवमा तारा पौडेल, सह कोषाध्यक्षमा सुस्मा सिग्देल न्यौपाने निर्वाचित भएका छन् । यस्तै अधिवेशनले कार्यसमिति सदस्यहरू र जिल्ला अधिवेशन प्रतिनिधि समेत निर्वाचित गरेको निर्वाचन मण्डलका संयोजक तीर्थराज ढकालले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन समारोहमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, गण्डकी प्रदेशका अध्यक्ष रोमहर्षण पौडेलले शिक्षकलाई राज्यले सम्मानपूर्ण व्यवहार गर्नुपर्ने र शिक्षकले आफ्नो कर्तव्यपालनामा कठिवद्ध भएर लाग्नुपर्ने बताए । उनले भने, “राज्यले शिक्षा र शिक्षकलाई केन्द्रमा राख्नुपर्यो, शिक्षकले विद्यार्थीलाई केन्द्रमा राखेर कर्तव्य पालना गर्न तयार छौँ । हामी डराएर होइन, जिम्मेवार बनेर राज्यसँग सहकार्य गर्न हात फैलाएका छौँ, यसलाई राज्यले कमजोरी नसोच्दा नै शिक्षाको विकास हुन्छ ।”
पेसागत महासंघ नेपाल, कास्कीका अध्यक्ष जगन्नाथ अधिकारीले शिक्षकहरु अपडेट हुन नसक्दा आउटडेट हुनसक्ने अवस्था समेत आउन सक्ने भएकाले शिक्षकहरु हरेक पल सिक्न पनि जागरुक हुनुपर्ने बताए ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गण्डकीका सदस्य उमनाथ गौतम, कास्कीका उपाध्यक्ष बसन्धरा पौडेल, हर्कबहादुर लामिछाने, सचिव तीर्थराज ढकाल, सचिवालय सदस्य दामोदर तिमिल्सिना, नेकपा एमाले रुपा गाउँपालिका अध्यक्ष निलकण्ठ रेग्मीसमेतले भनाई राखेका थिए ।
सो अवसरमा गतवर्ष शिक्षक सेवा आयोगबाट स्थायी नियुक्ती लिई रुपा गाउँपालिकामा पदस्थापन भएका शिक्षकहरु, पालिका भित्रका नवनियुक्त प्रधानाध्यापकहरु एवम् लामो समय शिक्षा सेवा गर्दै भर्खरै सेवा निवृत्त शिक्षकहरु साथै संगठनका नवनिर्वाचित गण्डकी प्रदेश अध्यक्ष रोमहर्षण पौडेल सहित कोषाध्यक्ष बोधराज पौडेल र सदस्य उमनाथ गौतमलाई सम्मान गरिएको थियो ।
परिषद् भेलाले अध्यक्षको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, अन्नपूर्ण गाउँपालिका सचिव जयराम सुवेदीको सञ्चालन र अध्यक्ष चुमान सिं गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







